३ सयलाई रोजगारी, १२ हजार कृषक लाभान्वित

जिल्लाको पाणिनी गाउँपालिकाको खिदिम फर्सवामा उत्पादन भएको तरकारी गुल्मीमा स्थापना भएको पैंचो पसल प्रालिले खरिद गर्दै आएको छ । यहाँ उत्पादन भएको तरकारी गाडीमा जम्मा गरेर पाल्पा पठाउँछौ, संगम फर्सवा कृषि फर्मका प्रोपाइटर मुक्तिनाथ पराजुलीले बताए । “समयमै पैसा भुक्तानी गर्ने गरी एक वर्षका लागि पुनः सम्झौता गरेका छौँ, पैचोले बजारको मूल्यअनुसार तरकारीको पैसा भुक्तानी गरेको छ,” पराजुलीले भने । गुल्मीमा स्थापना भएको पैंचो पसलले कार्यक्षेत्र विस्तारलाई तीव्रता दिएको छ ।

सम्बन्धित सामग्री

१३ करोडको पशुको बीमा

दमौली– तनहुँमा १३ करोडभन्दा बढी मूल्यका पशुको बीमा गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् जिल्लामा १३ करोड १८ लाख मूल्य बराबरका पशुको बीमा गरिएको हो । दमौलीस्थित विभिन्न बीमा कम्पनीमार्फत् २८ हजार ४९४ पशुको बीमा गरिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमबाट २७१ कृषक लाभान्वित […]

तनहुँमा पशु बीमामा कृषकको आकर्षण, २८ हजार ४९४ पशुको गरियो बीमा

तनहुँ । जिल्लामा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा)को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा रू १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ ।  जिल्लाका २८ हजार ४९४ पशुको बीमा गरिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमबाट २७१ कृषक लाभान्वित भएका छन् । जिल्लामा सबैभन्दा बढी कुखुराको बीमा गरिएको छ । गत आर्थिक वर्षमा २५ हजार ६५० कुखुराको बीमा गरिएको कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम ३१८ बङ्गुरको बीमा गरिएको थियो ।  बीमाका लागि रू ६५ लाख ९४ हजार सरकारले प्रिमियम शुल्कबापत सहयोग गरेको छ भने रू १३ लाख १८ हजार कृषकले खर्च गरेका कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५६४ गाई, ४७८ भैंसी, एक हजार ४८४ बाख्रा, २५ हजार ६५० कुखुरा, ३१८ बङ्गुरको बीमा गरिएको छ । जिल्लामा सगरमाथा, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीले पशुको पशुधन सुरक्षण (बीमा)को सुविधा प्रदान गरिरहेका छन् । पशुधनको बीमा गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको केन्द्रका प्रमुख डा. श्रेष्ठले बताए । उनका अनुसार बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुबस्तुको बीमा गरेको कागजात पेस गर्नुपर्ने छ ।  ‘किसानले बीमा कम्पनीमार्फत पशुबस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ,’ प्रमुख डा. श्रेष्ठले भने, ‘कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौं ।’  पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्ने उनले बताए । ‘बीमा रकम भुक्तानीका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्थामार्फत क्षतिपूर्ति दाबीपत्र भरी दाबी गर्नुपर्ने हुन्छ,’ डा. श्रेष्ठले भने, ‘क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरू संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान छ ।’  बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बर्ताए । उनले भने, ‘पशुको मृत्यु भएको खण्डमा बीमामार्फत राहत पाइन्छ, जसले गर्दा कृषकलाई सहयोग पुगेको छ ।’ रासस

कृषिउपज बजार पुर्‍याउन ‘कृषि एम्बुलेन्स’

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा ‘कृषि एम्बुलेन्स’ उपलब्ध गराएको छ । गाउँपालिकाले इच्छाकामना–२ स्थित ‘हपनी कृषक समूह’लाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले कृषक समूहका अध्यक्ष एक बहादुर चेपाङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । पहाडी भूगोलका कृषकले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्‍याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९/८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको पालिकाले जानकारी दिएको छ । पालिकाले २५ लाख ३५ हजार रुपैयाँको लागतमा कृषि एम्बुलेन्स खरीद गरी समूहलाई उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए । लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले बेहोरेको र बाँकी २५ प्रतिशत रकम समूहले जम्मा गरेको उनको भनाइ छ । गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिएसँगै बजारीकरणका लागि कृषि एम्बुलेन्स हस्तान्तरण गरेका हौं,’ उनले भने, ‘यसले कृषि उपजको उचित मूल्य पाउने र खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौं ।’ एम्बुलेन्स सञ्चालनमा आएसँगै वडा नम्बर १ र २ का काउले, हपनी, मायाटार लगायतका स्थानीय लाभान्वित हुनेछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कागजी काम

कैलालीको गौरीगंगा नगरपालिका–८, मसुरियामा २०७४ असार २० मा अत्याधुनिक सुविधा सम्पन्न मैदा मिल सञ्चालनमा आयो भनियो र साइनबोर्ड टाँगियो । लाभान्वित कृषक एक हजार २३५ जना देखाइयो । तर मिल केवल साइनबोर्डमा मात्रै सीमित भएको पुष्टी भएको छ ।सञ्चालनमा आयो भनिएको ५ वर्ष बित्दासमेत उक्त मिलबाट हालसम्म १ गेडा गहुँसम्म पिसानी गर्न नसकिएको हो । अब आफै अनुमान लगाउनुस्, मिलबाट कति कृषक लाभान्वित भए ?कैलालीमा ६ पुस २०७३ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ‘गहुँ सुपरजोन कार्यान्वयन इकाई’

पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित

लमजुङमा पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको पशु बिमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा जिल्लाका आठ सय ९० जना कृषक लाभान्वित भएका हुन् ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै ८८ हजार तीन सय ५४ पशुपन्क्षीको बिमा भएको […]

पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित

लमजुङमा पशु बिमा अनुदान कार्यक्रमबाट करिव नौ सय कृषक लाभान्वित भएका छन् । प्रदेश सरकारले सञ्चालन गरेको पशु बिमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा जिल्लाका आठ सय ९० जना कृषक लाभान्वित भएका हुन् ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै ८८ हजार तीन सय ५४ पशुपन्क्षीको बिमा भएको […]

भोजपुरमा सुन्तलाको कारोबारमा वृद्धि, कृषक लाभान्वित

पुस ६, धरान । भोजपुरका सुन्तला कृषक मणिराम राई यसवर्ष सुन्तलाको उत्पादन बढेको र विगतको भन्दा मूल्यमा पनि वृद्धि भएपछि दंग छन् ।  उनी भन्छन्, ‘यस वर्ष बोटमा सुन्तला सोचेभन्दा बढी फल्यो, विक्री गर्दा पनि गत वर्षको भन्दा बढी मूल्य पाएको छु, यसवर्ष सुन्तला खेतिले धेरै फाइदा भएको छ ।’ उनका अनुसार गत वर्ष कृषि बजारमा थोक मूल्यमा सरदर १०० रुपैयाँ प्रतिकेजीमा विक्री भएको सुन्तला यसवर्ष १२० रुपैयाँ प्रतिकेजी विक्री भएको छ । उनले भने, ‘सुन्तलाको मूल्य पनि वृद्धि भएको छ, उत्पादन पनि सोचेजस्तो भएपछि यस वर्ष ५ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यमा छु ।’ अघिल्लो वर्षको तुलनामा यस वर्ष कृषि बजारमा कोशी पहाडी जिल्लाबाट अधिक सुन्तला आएको व्यापारीहरु बताउँछन् । कृषि बजारका थोक विक्रेता टिकाराम श्रेष्ठले मंसिर र पुसको पहिलो हप्तामै सुन्तलाको कारोबार ह्वात्तै बढेको बताए । उनले भने, ‘हामीले कृषकबाट होलसेलमा प्रतिकेजी १२० रुपैयाँले खरीद गरेका छौं, यही सुन्तला खुद्रामा व्यापारीले १५० रुपैयाँसम्म विक्री गर्ने गर्छन्् ।’ कात्तिक महीनादेखि चैत्र महीनासम्म कृषि बजारमा सुन्तला आउने गर्छन् ।  कृषि उपज बजार स्थलका अनुसार अघिल्लो वर्षको मंसिर सम्ममा कृषि बजारबाट १ हजार ५० मेट्रिक टन कारोबार भएको जानकारी दिएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले अघिल्लो वर्ष प्रतिकेजी १०० रुपैयाँको दरका हिसाबले मूल्यांकन गर्दा पनि औसत ११ करोड बराबरको सुन्तलाको कारोबार भएको बताए । उनी भन्छन्, ‘गत वर्षको यही समयको तुलनामा अहिले कृषि बजारबाट सुन्तलाको कारोबार बढी भएको छ ।’ उनले यसवर्ष मंसिर मसान्तसम्म १ हजार २८० मेट्रिक टन कारोबार हँुदा १३ करोड मूल्य बराबरको सुन्तला विक्री भएको बताए ।   आर्थिक वर्ष २०७७/७८ मा पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सुन्तला ५ हजार ८३९ मेट्रिक टन कारोबार भएको थियो । जसको औसत मूल्य ५८ करोड रुपैयाँ बराबरको छ । अहिले कृषि बजारमा सुन्तला दैनिक ३५ देखि ५० मेट्रिक टनसम्म कारोबार भइरहेको उनको भनाइ छ ।  उनले भने, ‘विक्री भएको सुन्तला अहिले धनकुटाको बूधूक, बोधे, खोकू भोजपूरबाट आईरहेको छ, सिजन अझै बाँकी रहेका कारण सुन्तला आउने क्रम जारी छ ।’ उनका अनुसार यस वर्षको सिजनभरी कृषि बजारबाट ६ हजार ५०० मेट्रिक टन अर्थात् ७१ करोड रुपैयाँ बराबरको सुन्तला कारोबार हुने आँकलन कृषि बजारले गरेको छ ।  कृषि बजारबाट सुन्तला पूूर्वकै ईटहरी, विराटनगर, दमक, बिर्तामोड, राजबिराज, लहान, जनकपुर लगायतका शहरहरु सहित भारतीय बजारमा पनि जाने गरेको व्यवस्थापक भट्टराई बताउँछन् ।

इजरायलमा रोजगारी : १ हजार १७५ कामदार छनोट

काठमाडौं । बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा लिइने इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो । वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि परीक्षा लिएको थियो । यसमध्ये नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये १ हजार जनाको नाम मंगलवार गोलाप्रथाबाट छनोट गरिएको हो । इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट १ हजार १७५ जना नेपालीको नाम छनोट गरी आइसकेको बताए । उनले नाम आएका व्यक्तिहरूको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जान तयार हुने बताए । छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल ल जान पाउने अवस्था रहने छैन । मंगलवार भएको भर्चुअल कार्यक्रममा काठमाडौंबाट सहभागी भएका नेपालका लागि इजरायली राजदूत हनान गोडरले १ हजार नेपाली लैजाने काम अघि बढेको र यसबाट दुवै मुलुकका नागरिक लाभान्वित हुने बताए । उनका अनुसार इजरायलले नेपालबाट मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारका रूपमा लैजान १ वर्षअघि प्रक्रिया थालेको थियो । उक्त प्रक्रियामा शुरूमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए । त्यसपछि अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १ हजार ६०० जना छनोट भएका हुन् । तीमध्ये गोलाप्रथाबाट १ हजारलाई छनोट गरिएको हो । यो गोलाप्रथा सबैभन्दा पारदर्शी प्रक्रिया रहेको राजदूत गोडरले बताए । इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले यो कामदार छनोट प्रक्रिया हरेक चरणमा पारदर्शी रहेको बताइन् । ‘दुवै मुलुकका जनताले यसको फाइदा लिन सक्ने छन्,’ उनले भनिन् । परराष्ट्र मन्त्रालयका सहसचिव तथा मध्यएशिया, पश्चिम एशिया र अफ्रिका हेर्ने महाशाखाका प्रमुख हरीशचन्द्र घिमिरेले दुवै मुलुकको सम्बन्धबीच यो निकै महत्त्वपूर्ण खुड्किलो भएको बताए । इजरायल लका लागि नेपाली राजदूत अञ्जान शाक्यले अब इजरायलको कृषिक्षेत्रमा समेत नेपालीहरू लैजाने प्रक्रियालाई अघि बढाउन गृहकार्य गरेकी छन् । उनले इजरायलका कृषिमन्त्री ओडेड फोररसँग भेटवार्ता गर्दै त्यसका लागि पहल गर्न आग्रह गरेकी हुन् । राजदूत शाक्य र इजरायलका कृषिमन्त्री ओडेड फोररबीच यसै साता इजरायली संसद्मा भेटवार्ता भएको थियो । उक्त अवसरमा मन्त्रीका सल्लाहकार, कृषि मन्त्रालयका वरिष्ठ अधिकारी यकोभ पोलेग तथा दूतावासका द्वितीय सचिवसहितको उपस्थिति थियो । उक्त अवसरमा दुई देशबीच यसअघि नै सरकारी स्तरमा छाता श्रम सम्झौता कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भइसकेको उल्लेख गर्दै राजदूत शाक्यले अब कृषिक्षेत्रमा समेत नेपालीहरूलाई लैजान आग्रह गरेकी हुन् । जवाफमा मन्त्री फोररले राजदूत शाक्यलाई विदेशी कामदारको कोटा बढाएरै भए पनि नेपालबाट कृषक ल्याउन चाँडै सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गरेको शाक्यले बताइन् ।

मोरङ सुनसरी सिँचाइ आयोजनाबाट कृषकले लाभ लिन पाएनन्

पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन पनि पाएका छैनन् ।           सम्भवतः देशकै सबैभन्दा ठूलो सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा करिब ६० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । यसबाट सुनसरी र मोरङका लाखौँ कृषक लाभान्वित भएका छन् । भारत सरकारको सहयोगमा बनेको यो चतरा मूल नहरसँग जोडिएका अन्य शाखा नहर सन् १९७५ मा नेपाल सरकारलाई हस्तान्तरण भएको हो ।            निर्माण भएको लामोसमय बितिसक्दा यसका धेरै संरचना कमजोर भएको र कुनैबेला पनि यी संरचना ध्वस्त हुने र लाखौँ कृषक सिँचाइबाट वञ्चित हुने अवस्थालाई हटाउन मन्त्रालयले आवश्यक योजनासहित बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको छ ।           तीन वर्ष पहिले मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहरको संरचना भत्किँदा ११ किलोमिटर पूर्वसम्म लम्बिएको नहरअन्तर्गतका बरियाती शाखा नहर, नयाँपट्टी शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी शाखा नहर, चिस्याङ शाखा नहर र झमनपुर शाखा नहरमा आश्रित कृषकले नहरको पानी खेतमा देख्न पाएका छैनन् । उनीहरु वर्षे धानबाली तथा हिउँदे बालीका लागि आकाशे पानीको भरपर्नु परेको स्थानीय कृषक विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।