एकै चरणमा ४ जेठमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो ।सोही विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल ४ जेठमै निर्वाचन गर्ने विषयमा केन्द्रित थियो । बैठकमा आयोगले जेठ ४ मा चुनावको मिति प्रस्ताव गरेको थियो ।

सम्बन्धित सामग्री

चुनाव घोषणा चाँडै : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिमण्डलले आगामी मङ्सिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा छलफल गरी सो विषयमा छिट्टै निर्णय लिइने बताएको जनाइएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको सिफारिसमा […]

जेठ ४ मा स्थानीय चुनाव गर्न आयोगकाे प्रस्ताव, प्रधानमन्त्रीसँग छलफल

काठमाडाैं : निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गरेकाे छ।निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भइरहेकाे छलफलमा उक्त प्रस्ताव पेस गरिएकाे हाे। आयोगकाे प्रस्तावमा जेठ ४ गते एकै दिन स्थानीय तहकाे निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भइरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।उक्त प्रस्तावमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनाव

४ जेठमा एकै चरणमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो । सोही विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको हो । प्रधानमन्त्रीको […] The post ४ जेठमा एकै चरणमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक.

जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ। आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो। चुनावको मिति तोक्ने विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार दिउँसो बालुवाटारमा छलफल भएको हो। छलफल […]

निर्वाचनका विषयमा बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली बालुृवाटार पुगेको हो ।  राष्ट्रिय सभाको चुनाव, उपनिर्वाचनलगायत विषयमा आयोगका पदाधिकारीहरुले व्रिफिङ गरेका छन् ।  छलफलमा गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री दिलेन्द्र बडु, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र उर्जामन्त्री पम्फा भुसाल पनि सहभागी...

चुनावका विषयमा प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । सोमबार दिउँसो भएको भेटमा आगामी स्थानीय चुनाव लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बतायो ।प्रधानमन्त्री देउवासँग भेट गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरू बालुवाटार पुगेका थिए । पदाधिकारीहरूले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।आगामी जेठ ५ पछि स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुँदैछ । त्यसैगरी विभिन्न ठाउँमा उपचु