बराहक्षेत्रमा जङ्गली हात्ती धपाउन रातभर जागै बस्छन् स्थानीय

बराहक्षेत्र वडा नं. २ को पुर्नबाससँगै रेलवे लाइन, जब्दी, तोरी बारी, फोक्लेन टाप्पु, चौरी बारी, देवी थान क्षेत्रमा हात्तीले सर्वसाधारणका घरमा क्षती पुर्‍याउँदै आएको वडा नं. २ का वडाध्यक्ष होमप्रसाद गौतमले बताए।...

सम्बन्धित सामग्री

हात्ती धपाउन राखेकाे करेन्ट लागेर झापामा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै - झापाकाे विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडमा रहेकाे विर्तासिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे । श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँग्नु भएको थियो ।

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्‍याउन थालेपछि साइरन जडान गरिएको हो । ‘बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,’ बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने, ‘आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।’ साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ । महराका अनुसार साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । साइरन बजेपछि हात्ती धपाउन सजिलो हुने उनले बताए । हात्तीले खेतबारीमा लगाइएको अन्नबालीमा नोक्सान गर्न नपाउने र हात्ती बस्ती छिर्नु अगावै सतर्क हुने हुँदा मानवीय क्षति पनि नहुने उनको भनाइ छ । ‘साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,’ अध्यक्ष महराले भने, ‘हात्तीको बथानले घरलगायतको भौतिक पूर्वाधारमा समेत क्षति पुर्‍याउन पाउँदैन ।’ सामुदायिक वन समन्वय समिति (सिएफसिसी) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जङ्गली हात्ती नियन्त्रण पूर्वसूचना प्रणालीअन्तर्गत साइरन जडान गरिएको हो । साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ । रासस

हात्ती धपाउने विद्युतीय धरापमा परी मामा-भान्जाको मृत्यु

भद्रपुर (झापा) : जङ्गली हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी मामा भान्जाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का १८ वर्षीय अभिनाश राई र भोजपुर जिल्ला साल्पाचुली गाउँपालिका–५ का करिब ३५ वर्षीय मणिराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जा...