हात्ती धपाउन राखेकाे करेन्ट लागेर झापामा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै - झापाकाे विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडमा रहेकाे विर्तासिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे । श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँग्नु भएको थियो । 

सम्बन्धित सामग्री

हात्तिको पासोको करेन्ट लागेर कल्पनाको मृत्यु

हात्ती धपाउन राखेको तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका १० केन्द्र मोड बस्ने ५४ वर्षीया कल्पना राई पौरीयाको तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ

हात्ती धपाउन राखेको करेन्ट लागेर झापामा एक जनाको मृत्यु

हात्ती धपाउन राखिएको विद्युतीय तारमा परेर झापामा एक जनाको मृत्यु भएको छ ।

हात्ती धपाउन राखेको करेन्ट लागेर झापामा एक जनाको मृत्यु

हात्ती धपाउन राखिएको विद्युतीय तारमा परेर झापामा एक जनाको मृत्यु भएको छ ।

हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको मृत्यु

झापा – झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का ...