वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जीत दर्ता गरेको छ । आज सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले हराउँदै तेस्रो जीत दर्ता गरेको हो ।
यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेट र कर्णालीलाई १० विकेटले पराजित गरेको थियो । तेस्रो जीत निकालेको सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । दश अङ्कका साथ पहिलो स्थानमा लुम्बिनी प्रदेश रहेको छ ।
आज प्रदेश १ ले दिएको ९१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ३१ ओभरमा पूरा ...