पाकिस्तानमा बाढीको कहरः सिन्धमा १०० किलोमिटर चौडाइको ताल

पाकिस्तानको घातक बाढीले सिन्ध प्रान्तमा सिन्धु नदीको बहावका कारण १०० किलोमिटर फराकिलो ताल सिर्जना गरेको छ । नासाको मोडिस स्याटेलाइट सेन्सरबाट अगस्ट २८ मा लिइएका नयाँ तस्बिरहरूले भारी वर्षा र सिन्धु नदीको बहावको संयोजनले दक्षिणको सिन्ध प्रान्तको धेरै भाग डुबानमा परेको देखाएको सीएनएनले जनाएको छ ।तस्विरमा सिन्धुको बहाब बढ्दा १०० किलोमिटर चौडाइ क्षेत्र जलमग्न देख्न सकिन्छ जुन कुनै समय कृषि प्रयोजनमा उपयोग गरिएको थियो । पाकिस्तानमा १ दशकपछिकै ठूलो बाढी आएको छ । बाढीका कारण ११ सय ६२ जनाको मृत्यु भएको

सम्बन्धित सामग्री

पाकिस्तानमा बाढीको कहर : बन्यो १०० किलोमिटर लामो ताल

बाढीका कारण अस्तव्यस्त बनेको पाकिस्तानको सिन्ध प्रान्तमा १०० किलोमिटर लामो ताल बनेको छ। बाढीका कारण पाकिस्तानको ३३ प्रतिशत भाग अहिले डुबानमा छ। मध्य जुन महिनाबाट सुरु भएको बाढीको कहरका कारण पाकिस्तानमा हालसम्म १ हजार १६२ जनाको मृत्यु भइसकेको छ। यस्तै, ३ करोड ३० लाख भन्दा बढी मानिस प्रभावित हुँदा ३…