प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

नेकपा एमालेका प्रवक्ता उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनका नाममा गरिने जालझेलयुक्त छलफलमा एमाले सहभागी नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार बिहान बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने स्पष्ट पार्दै प्रवक्ता ज्ञवालीले संविधान र कानूनले नै निर्वाचन कहिले गर्ने भनेर स्पष्ट तोकेकाले यसबारे थप छलफल गर्न सर्वदलीय बैठक आवश्यक नरहेको बताए । ‘संविधान र कानूनले नै निर्वाचन कहिले गर्ने भनेर स्पष्ट तोकेको छ, यसबारे थप छलफल गर्न सर्वदलीय बैठक आवश्यक नै छैन,’ ज्ञवालीले भने, ‘निर्वाचनका न...

सम्बन्धित सामग्री

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनले ओलीसँग प्रधानमन्त्रीले नै वार्ता गर्नु पर्ने सुझाव दिएपछि देउवा आज शनिवार बिहान बालकोट पुगेका हुन् ।भेटमा प्रधानमन्त्री देउवाले एमालेलाई संसदको अवरोध हटाउन आग्रह गर्ने भएका छन् ।संसदको अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बोलाउँदा समेत एमाले बैठकमा उपस्थित नभएपछि देउवा नै ओलीस्नागा वार्ता गर्न पुगेका हुन्  ।नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ  । एमालेले माधव नेपाल सहितका सांसदलाई एमालेले कारवाही गर्दै पार्टीबाट निष्काशन गरेकोले पार्टीबाट निष्काशित सांसदको उपस्थितिमा संसद चल्न नहुने भन्दै संसद बैठक अवरोध गर्दै आएको छ ।यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेलले पनि बालकोट पुगेर एमाले अध्यक्ष ‌ओलीसँग छलफल गरेका थिए । तर सो छलफलले निकास दिन नसकेपछि देउवा आफै छलफल गर्न पुगेका हुन् ।

बालकोट पुगेर ओलीसँग प्रधानमन्त्री देउवाको भेट

२४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन् । एमालेले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका हुन् । यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र […]

संसद् चल्न नदिने रणनीतिमा एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।  आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका ए

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् ।बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् ।सत्ता गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार, ओलीसँग वार्ता गर्न इच्छुक !

सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् । सत्ता गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध्यक्ष केपी ओलीसँग एक्लै संवाद गरेर संसद्को अव...