मण्डला थिएटरमा ‘चोरको स्वर’ मञ्चन हुँदै

काठमाडौं । आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटक ‘चोरको स्वर’ मण्डला थिएटरमा मञ्चन हुने भएको छ । यो नाटक विशेषगरी लिम्बू समुदायमा हुने भागी विवाहमा आधारित भएर प्रस्तुत गरिएको छ । कोही केटाले केटी भगाएपछि केटा पक्षबाट ‘हजुरहरुको छोरीचेली हाम्रो साथमा छ, हाम्रो छोरा-भतिजले माया गरेर, खुसीसाथ राखेको छ’ भनेर रीतसहित जानकारी दिन आउने परम्परालाई […]

सम्बन्धित सामग्री

काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौं । यतिबेला काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटर नाटकमय भएको छ । त्यहाँ दैनिक चार ओटा शो मा स्वदेशी तथा बिदेशी नाटक मञ्चन भईरहेको छ । त्यहाँ शुक्रबारबाट दोश्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु भएको छ । १७ मँसिरसम्म चल्ने यो नाटक महोत्सबमा अहिले देश बिदेशका रँगकर्मीहरुले नाटक मञ्चन गरिरहेका छन् । […] The post काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरामा नाटक 'सुनकेशरी' मञ्चन सुरु

कास्की – पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रवारदेखि नाटक 'सुनकेशरी' मञ्चन सुरु भएको छ । कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेख्नुभएकाे हाे । मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा तयार भएको नाटक असोज १ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन बेलुकी ५ बजे र शनिवार अतिरिक्त शाे दिउँसो १ बजे मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परीक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास...

पोखरामा भदौ २४ गतेबाट सत्यमाेहनकाे ‘सुनकेशरी’ मञ्चन हुने

काठमाडाैँ- संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा यही भदौ २४ गतेबाट मञ्चन हुने भएको छ। मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा तयार गरिएको नाटक पोखराको गैहपाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा असोज १ गतेसम्म मञ्चन गर्न लागिएको हो। हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त दिउँसो १ बजे नाटक मञ्चन […]

एक घण्टासम्म आँखामा पट्टी बाँधेर आफै एक्टर बन्दा…

काठमाडौं : गत बुधवार साँझ रंगकर्मी केदार श्रेष्ठमार्फतमण्डला थिएटरमा नाटक हेर्न निम्तो आयो। ‘नाटकमा १५ जनामात्रै दर्शक सहभागी हुन पाउँछन्, त्यसैले अहिले नै ‘कन्फर्म’ गर्नु।’ निम्तो तुरुन्तै स्विकारें। दिउँसो १ बजे नाटक प्रदर्शनको समय थियो। म २० मिनेट अघि नै पुगें मण्डला थिएटर। साथी रेनुका ढकाल सँगसँगै आइपुगिन्। अरु विस्तारै…

मण्डला थिएटरमा फेरि ‘मीतज्यू’ मञ्चन

दयाहाङ राईको निर्देशनमा नाटक ‘मीतज्यू’ मञ्चन हुने भएको छ । मण्डला थिएटर थापा गाउँमा मंगलबारबाट नाटक एक हप्ताका लागि  विषेश मञ्चन हुने भएको हो । सोमनाथ खनालद्वारा लिखित, मितेरी साइनोको कथा ब्यक्त गर्ने यस अगाडि पनि कयौं पटक मञ्चन भइसकेको छ । सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको नाटकमा अभिनय देख्न सकिन्छ । १३ गतेसम्म हरेक दिन ५ बजे र शुक्रबार र शनिबार एक बजे समेत मञ्चन हुने नाटक दर्शकको बिशेष आग्रहमा केही समय मञ्चन गर्न लागिएको मन्डला थिएटरले जनाएको छ । अनामनगरमा र

१२ वर्षपछि मण्डला थिएटर आफ्नै भवनमा

नयाँ भवनमा दुई सय सिट क्षमताको अडिटोरियम र ७० सिटको बाल नाटकघर छ मण्डला थिएटर स्थापनाको १२ वर्षपछि आफ्नै भवनमा सरेको छ । थिएटरले काठमाडौंको नयाँबानेश्वरमा आफ्नो भवन बनाएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले थिएटरको...

आठ करोडमा निर्माण भएको मण्डला थिएटरको आज उद्घाटन

काठमाडौं । मण्डला थिएटर नयाँ भवनमा आजबाट सुरु हुँदै छ । अनमानगरबाट थापागाउँ सरेपछि मण्डला थिएटर आजबाट पुनः सुरु हुन लागेको हो ।  ‘रोगन’ नाटक मञ्चन गर्दै मण्डला थिएटर नयाँ भवनबाट सुरु हुन लागेको हो । राजन खतिवडाले निर्देशन गरेको नाटकमा एक वर्ष अगाडि मण्डलाबाट पास आउट भएका (आठाैं ब्याच)का विद्यार्थीको अभिनय...

सहरमा तीन नाटक

काठमाडौंः कोरोनाका कारण लामो समय बन्द रहेका नेपाली नाटकघर फेरि लयमा फर्कने प्रयासमा छन्। गत महिना कौसी थिएटरमा नाटक 'एनिमल फार्म'को सफल मञ्चन भयो। शुक्रबारदेखि आरोहण गुरुकुलको पुनरागमन भएको छ, शुक्रबारदेखि नै पुरानो घर थिएटरमा दोस्रो नाटक 'लाटीको छोरा' मञ्चन सुरु भएको छ भने मण्डला थिएटर आफ्नो नयाँ नाटकघरको उद्घाटनका लागि नाटकको तयारीमा छ। यतिबेला राजधानीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै तीन वटा नाटक मञ्चनरत छन्। बत्तीसपुतली स्थित शिल्पी थिएटरमा 'ढकियामे नागरिक

अनामनगरमा मण्डलाको अन्तिम नाटक

काठमाडौं : मण्डला थिएटर सञ्चालन गर्दै आएको मण्डला ड्रामा स्कुल पहिलो शैक्षिक सत्रको अन्तिम नाटक 'जिजीविषा'को मञ्चन सकिएको छ। अनामनगरस्थित मण्डला थिएटरमा मंगलबार यसको अन्तिम मञ्चन भएको हो। मण्डलाले गत २०७७ असोजदेखि ड्रामा स्कुलको पहिलो सत्र सुरु गरेको थियो। डेढ वर्षको कोर्समा अभिनय, निर्देशन, नाट्य शिल्प, नाट्य उत्पादन लगायतका विषयमा पढाइ हुने गर्छ। योबाहेक नाटकका विभिन्न विधाको सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षा दिने गर्छ। ड्रामा स्कुल प्रथम सत्रका विद्यार्थीले यसअघि पनि व

भर्चुअलबाट नाटक ‘मितज्यु’ मञ्चन गर्दै मण्डला थिएटर

काठमाडौंँ । नाटक घर मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । बैशाख अन्त्यमा ‘पल्पसा क्याफे’ मञ्चन तयारी गरेको मण्डलाले निषेधाज्ञाका कारण भर्चुअल  माध्यमबाट नाटक मञ्चन गर्न लागेको हो ।जसको शुरुवात बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक ‘मितज्यू’बाट गर्दैछ । ‘मितज्यु’ सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक हो ।मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णाङ्ककी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । ‘मितज्