तेह्रथुममा बाख्रा पालन व्यवसाय फस्टाउँदै

प्रकाश पाक्साँवा तेह्रथुम । तेह्रथुममा बाख्रा पालन व्यवसाय फस्टाउँदै गएको छ । राम्रो आम्दानी हुने भएपछि जिल्लाको ग्रामीण क्षेत्रका युवाहरुले बाख्रापालन रोजेका कारण व्यावसाय फस्टाउन थालेको हो । पछिल्लो समय विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको रोजाइ बाख्रापालन व्यावसायमा पर्न थालेको हो । विदेशी भूमिमा खर्चेको श्रम गाउँमा गर्न सके परिवारसँगै राम्रो आम्दानी लिने आशाका साथ […]

सम्बन्धित सामग्री

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम- सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो ।  बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र &lsq...

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम । सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो । बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरुलाई […]

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम– सूर्योदय नगरपालिका– ८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो । बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरूलाई […]

बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

गल्याङ (स्याङ्जा), २९ भदौ । स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालेका छन् । सात वर्ष विदेश बसेर फर्केका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् । “विदेशमा नेपालीले कम्पनीमा जस्तोसुकै राम्रो काम गरे पनि पूरै कामदारले गाली खानुपरेको देख्दा अत्यन्त दुःख लाग्थ्यो, […]

सोलुखुम्बुको खुम्बु–३ मा बाख्रापालनमा रोक, व्यवसायीको लाखौँ लगानी जोखिममा

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा व्यावसायिक बाख्रापालन गर्न रोक लगाइएको छ । कृषिसँग सम्बन्धित कार्यालयबाट अनुदान लिएका तथा गाउँपालिकामै बाख्रा पालन व्यवसाय दर्ता गराएका किसानलाई समेत बाख्रा पालनमा प्रतिबन्ध गरिएको छ । बाख्रापालन गर्दा दुर्गन्ध बढेको र यसले वातावरणमा प्रदूषण बढाएको तथा पशुहिंसा पनि निषेध गरिएको भन्दै वडा नम्बर–३ मा जनप्रतिनिधिकै रोहबरमा बाख्रा पालनमा रोक लगाउने निर्णय गरिएको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिका–३ को कोङ्दे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्...

६५ लाख खर्चेर बाख्रा पालन

गुल्मीमा ६५ लाख खर्चिएर बाख्रा पालन सुरु गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ मा नारायणप्रसाद पन्थले सोही रकम लगानीमा बाख्रा पालन सुरु गरेका हुन् । विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा वैदेशिक रोजगारका लागि कतारमा रहेका पन्थले आफू गाउँ फर्केर बाख्रापालन व्यवसाय सुरु गरेको बताए । कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने र […]

बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानी

कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका दुईजना युवा बनेका छन् । पैसा कमाउन विदेश गएर भनेजस्तो नभएपछि गाउँमै फर्कि आएका जिल्लाको बेनी नगरपालिका– ३ भकिम्लीका धनबहादुर श्रीष र बेनी–६ चुत्रेनीका कृष्ण मल्लको बाख्रापालन व्यवसाय यस क्षेत्रकै नमूना बनेको छ । साथै बाख्रा पालक किसानको अध्ययनस्थलसमेत बनेको छ । विसं २०६८ मा जग्गा धितो राखेर बैंकबाट ऋण लिई एउटा बोयर बोका खरिद गरी बाख्रा पालन सुरु गरेका भकिम्ल

धनकुटाका युवाको आकर्षण बाख्रा पालन व्यवसायमा

साउन ५, धनकुटा । पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ । यसै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुशेटारका स्थानीयले सामूहिक बाख्रापालन गरिरहेका छन् । पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका किसानले अहिले सामूहिक रुपमै उन्नत जातका बाख्रापालन गरिरहेका छन् ।  कुशेटारका २१ घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् । २१ घरपरिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन् । बाख्रापालन व्यवसायमा अधिकांश युवा वैैदेशिक रोजगारबाट फर्केका छन् । उनीहरुले वैदेशिक रोजगारमा भन्दा राम्रो कमाइ भइरहेको बताएका छन् । कुशेटारका देवि नेम्बाङ आजकाल प्रायः बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो । उनीसहित गाउँका २१ परिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ नामको सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ । नेम्बाङको खोरमा ६० ओटा भन्दा बढी बाख्रा रहेका छन् । गाउँमै व्यावसायी बन्न बाख्रापालन रोजेको उनी बताउँछन् । चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरीद गरेर ल्याएको नेम्बाङले जानकारी दिए । बाख्रापालनका लागि उनले ६० लाख बढीको लगानी भएको छ । २२ वर्षसम्म शिक्षक पेशामा आवद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुर पालन पालन पनि गरेको बताउँछन् । माछापालन र सुँगुर पालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए । ६ वर्ष अगाडिबाट शुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले बताए । नेम्बाङले खरी, जमुनापारि हुँदै बोयर बाख्रा पालन गरिरहेको बताउँछन् । ‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रा पालन गरिरहेका छौँ, समूहमा मिलेर काम गरेका छौँ, राम्रो परिणाम आउनेमा विश्वस्त छौँ ।’ नेम्बाङले युवा पुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए ।  कुशेटारकै ४३ वर्षीय अशोक याख्याको फर्ममा अहिले ४० ओटा बाख्रा छन् । उनी बाख्रापालनमा लागेको ७ वर्ष भएको छ । रोजगारीको शिलशिलामा ९ वर्ष मलेसिया, बहराइन डेढ वर्ष याख्याले गाउँमा फर्केपछि सुँगुर पालन गरेको बताउँछन् । उनले बाख्रापालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् । बाख्रापालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँ भन्दा बढी कमाइ भइरहेको याख्खाले बताए । उनले बाख्रापालनको लागि खोरमा मात्रै ३ लाख लगानी भएको बताए ।  ‘विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ’, याख्खाले भने, ‘अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो ।’ उनले थप्दै भने ‘घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्ने रहेनछ, आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्ने रहेछ ।’ कुशेटारमा बाख्रा पालनका लागि ठाउँ पनि उपयुक्त भएकोले त्यहाँका मानिसले यो पेशा रोजेका हुन् । पुख्यौली रुपमा बाख्रापालन गर्दै आएका किसान व्यावसायिक बनेका छन् । २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि ३ लाखसम्म आम्दानी गरिरहेका छन् । विदेश जानेलाई रोक्न सकिन्छ कि भन्ने हेतुले समूहमा बाख्रापालन शुरु गरेको र सरकारी अनुदान भन्दा आफैँ सक्षम बन्नेतर्फ लागेको रातमाटे घाँसी बोयर बाख्रापालन समूहका अध्यक्ष झप्टमान अधिकारीले बताए । अहिले २१ घरको बाख्रा फर्ममा करीब १ हजार भन्दा बढी बाख्रा रहेका छन् । कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको समूहका अध्यक्ष अधिकारीले बताए । ‘केही युवा विदेश जाने सोच त्यागेर बाख्रापालनमा लागेका छन’, अधिकारीले भने आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका छौं ।’ कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर जातका बोका रहेका छन् । ‘यहाँको कमाईले हरेक सदस्य पूर्णरुपमा सन्तुष्ट भएको पाएको छु’, अधिकारीले भने ‘आम्दानीलाई दोब्बर बनाउने गरी थप काम गर्ने तयारीमा रहेका छौं ।’ २१ घरले बाख्रापालनका लागि करीब २ करोड रुपैयाँ बढी लगानी गरेको अध्यक्ष अधिकारीले बताए । बाख्रापालनका लागि यस आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले समूहलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

दुई करोडको लगानीमा व्यवसायिक बाख्रा पालन

दोलखाको भीमेश्वर नगरपालिका ७ स्थित उखुबारीका दुई युवाले दुई करोडको लगानीमा आफ्नै गाउँमा व्यवसायिक बाख्रा पालन  सुरु गरेका छन् । रोजगारीको सिलसिलामा कोरीया बस्ने देखि राजधानी काठमाडौंमा बसेर राम्रो व्यवसाय सञ्चालन...

सल्यानमा फस्टाउँदै बाख्रा पालन व्यवसाय, वार्षिक ४६ करोड रुपैयाँको बिक्री

सल्यान : सल्यानमा व्यावसायिक बाख्रा पालन व्यवसायबाट युवाहरुले मनग्य आम्दानी गर्न थालेका छन्। सरकारी निकायबाट समेत सहयोग हुन थालेपछि फर्म नै दर्ता गरेर युवाहरु बाख्रा पालनतर्फ अग्रसर भएका छन्। बाख्रा पालनमा व्यवसायिकता बढेसँगै मासुमा आत्मनिर्भर हुनुका साथै निर्यात समेत हुन थालेको छ। अन्य व्यवसायभन्दा थोरै लगानी र परिश्रमबाट मनग्...