नेपाल बारको आह्वानमा आज देशभरका अदालतमा बहस बन्द

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीले आज देशभरका अदालतमा बहस बन्द गरेका छन् । आगामी शुक्रबारसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको बारले आन्दोलनमा प्रहरी हस्तक्षेपको विरोध स्वरुप आज देशभरका बार इकाइहरुलाई बन्दी प्रत्यक्षीकरण बाहेका मुद्धामा बहस नगर्न जनाएका छन् । आन्दाेलनकाे स्वरुप परिवर्तन गरेकाे बारले […]

सम्बन्धित सामग्री

नेपाल बारको आन्दोलन : देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नहुने

नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकमा मुद्दामा बहस पैरवी नगर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत एसोसिएसनले तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आजदेखि आन्दोलनलाई देशव्यापी बनाएको हो । प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको एसोसिएसनले यसअघि प्रधानन्यायाधीश जबराले पेस गरेको वार्ताको प्रस्तावलाई समेत अस्वीकार गरिसकेको छ । एसोसिएसन गत १४ कार्तिकदेखि आन्दोलनरत रहेको छ । त्यसयता उनीहरूले निरन्तर सर्वोच्च परिसरमा धर्ना र विरोध प्रदर्शन

प्रधानन्यायाधीशविरुद्ध यस्तो छ नेपाल बारको आन्दोलनका कार्यक्रम

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले चौथो चरणको विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । त्यसअन्तर्गत देशभरका सबै अदालतहरूमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाहरूमा बहस पैरवी नगरिने, देशभरका अदालतहरुमा कालोपट्टीसहित धर्ना, विरोधसभालगायत छन् । आन्दोलनका कार्यक्रम पढ्नोस्-

आइतबार देशभरका अदालतमा बहस नगर्ने बारको निर्णय

काठमाडौँ । देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने निर्णय गरेको छ । आज(शुक्रबार) साँझ बसेको नेपाल बारको कार्यसमिति बैठकले सर्वोच्च अदालतमा हतियारसहितका दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि धरपकड भएको भन्दै त्यसको विरोधमा बहस पैरवी नगर्ने निर्णय गरेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्र […]

आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय

देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको नेपाल बारको कार्यसमिति बैठकले सर्वोच्च अदालतमा हतियारसहितका दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि धरपकड भएको भन्दै त्यसको विरोधमा बहस पैरवी नगर्ने निर्णय गरेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।