मुस्कान खातुनको उपचारका लागि वीरगञ्जका मेयरले गरे दुई लाख रुपैयाँ सहयोग

पर्साको वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गरेका छन् ।

सम्बन्धित सामग्री

ललितपुर महानगरले ११ क्लबलाई दियो ३७ लाख रुपैयाँ

ललितपुर महानगरपालिकाले ललितपुरका ११ क्लबलाई ३७ लाख रुपैयाँ सहयोग गरेको छ ।

एकीकृत समाजवादीले २५ लाख रुपैयाँ भूकम्प पीडितलाई सहयाेग गर्ने

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज सोमवार बसेको पार्टीकाे सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट रकम सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवम् राजनीतिक नियुक्तिमा गएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँ...

रवीन्द्र मिश्रको निर्वाचन खर्च साढे २४ लाख रुपैयाँ

चुनावी अभियानका क्रममा उनलाई ३३ लाख रुपैयाँ सहयोग प्राप्त गरेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।...

नेसनल लाइफ इन्स्योरेन्सले गर्‍यो २० लाख रुपैयाँ सहयोग

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुनकोशी गाउँपालिकास्थित एक/एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाइफ इन्स्योरेन्सको २० लाख रुपैयाँ सहयोग

काठमाडौं । सुनकोशी गाउँपालिका र एक एक पाइला फाउन्डेसन बीचको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाइफ इन्स्योरेन्सले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । १८ भदौमा आयोजित कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सले उक्त सहयोग रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो अस्पताललाई आर्थिक सहयोग गरेको नेशनल […]

निहारिकालाई मधेस सरकारले ५ लाख रुपैयाँ दिने

धनुषा – मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा त्याे रकम सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले न्यायाधिवक्ता कार्यालयबाट निहारिकाल...

हिमालयन डिष्टिलरीले गर्‍यो समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हिमालयन डिष्टिलरी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले गुठीका संस्थापक उत्तमकुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई २५ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आव २०७७/७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकममध्येबाट उक्त रकम गुठीलाई […]

वीर अस्पताललाई डाबर नेपालको सहयोग, २५ लाख रुपैयाँ बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । डाबर नेपालले वीर अस्पताल (न्याम्स) लाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यका साथ उक्त उपकरण सहयोग गरेको डाबर नेपालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । डाबर नेपालकी अध्यष एवं प्रवन्ध निर्देशक ईश्वरी राना र व्यापार प्रमुख एचएस बेदीले वीर अस्पताल […]