धरान एक्स्पो सम्पन्न

धरान । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको ‘धरान एक्स्पो २०७९’ सम्पन्न भएको छ । आइतवार एक्स्पोको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले धरान व्यापारिक र पर्यटन केन्द्र भएको भन्दै यस क्षेत्रका अन्य सम्भावना समेत पहिचान गर्नुपर्ने धारणा राखे । धार्मिक स्थल र सप्तकोशी जलमार्ग उपयोग गर्दै स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासका लागि एकीकृत अवधारणा आवश्यक रहेको बताए । पर्यटनको विकासका लागि स्थानीय परिकारको समेत प्रवर्द्धन गर्नुपर्ने भन्दै उनले यसका लागि बोर्डले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यस क्षेत्रका व्यापारी, व्यवसायीले लगानी गरेर आर्जित पूँजी धरानबाहिर लैजान नपाउने नियम बन्न जरुरी भएको बताए । एक्स्पोले धरान र यस वरपरको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले बताए । फागुन ११ गतेदेखि शुरू भएको एक्पोमा पर्यटनसँग सम्बन्धित १५ सहित विभिन्न १३० ओटा स्टल थिए ।

सम्बन्धित सामग्री

अध्ययन नगरी धरानमा हवाई मैदान बनाउन सकिँदैन : मन्त्री किराती

धरान- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाई मैदान बनाउन नसकिने बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाई मैदान अलपत्र अवस्थामा रहेका कारण धरान...

अध्ययन नगरी धरानमा हवाई मैदान बनाउन सकिँदैन : मन्त्री किराती

धरान- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाई मैदान बनाउन नसकिने बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाई मैदान अलपत्र अवस्थामा रहेका कारण धरान...

अध्ययन नगरी धरानमा विमानस्थल बनाउन सकिँदैन: मन्त्री किराती

धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाईमैदानको सम्भाव्यताका लागि मिहिन […]

‘अर्थतन्त्र सुधारका लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुपर्ने बताएक छन् । बिहीबारदेखि सुनसरीको धरानमा शुरु भएको ‘धरान एक्स्पो २०७९’ लाई सम्बोधन गर्दै संघईले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको बताएक हुन् । सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको […]

बिहीबारदेखि धरान एक्स्पो हुँदै

धरानको आर्थिक गतिविधिलाई नयाँ ढंगले चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि १० दिने ‘धरान एक्स्पो’ हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुने धरान एक्स्पोमा स्वदेशी रैथाने उत्पादनदेखि विदेशी सामाग्रीहरु बिक्री तथा प्रदर्शनीका लागि राखिने छ । धरान एक्स्पोका संयोजक गोपाल श्रेष्ठले तयारी पूरा भएको जानकारी दिए । धरानको पुरानो व्यापारिक साख फर्काउन एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।

धरान एक्स्पोको पहिलो दिन समिर श्रेष्ठको लाइभ प्रस्तुति रहने

धरान। फागुन २० गते शनिबार सम्म १० दिन चल्ने ‘धरान एक्स्पो २०७९’ मा व्यवसायीक, व्यापारिक, औद्योगिक, कुषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तिय संस्था लगायतका क्षेत्रको विभिन्न स्टलहरु प्रमुख आकर्षण रहनेछ भने विभिन्न रमाइला खेलहरुसँगै हरेक दिन राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुने अध्यक्ष विजय श्रेष्ठले बताए।

फागुन दोस्रो साता धरान एक्स्पो

आर्थिक गतिविधि बढाउने तथा व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले फागुन दोस्रो साता धरान एक्स्पो हुने भएको छ।...

बजार प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै

धरान । सुस्ताउँदै गएको धरानको बजारलाई प्रवर्द्धन गर्न सुनसरी उद्योग वाणिज्य संघले १० दिने ‘धरान एक्स्पो–२०७९’ आयोजना गर्ने भएको छ । धरानको आर्थिक गतिविधि चलायमान बनाउने तथा उपभोक्तालाई स्थानीयदेखि अन्तरराष्ट्रिय उत्पादन सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । एक्स्पो धरान–१६ स्थित रंगशालामा फागुन ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदै छ । एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्त, तयारी कपडा र घरेलु सामानका ७० स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए । धरानले अन्तरराष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न सक्छ भन्ने सन्देश दिनु एक्स्पोको मुख्य उद्देश्य रहेको उनले बताए । एक्स्पोका संयोजक गोपाल श्रेष्ठले एक्स्पो अवधिमा १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको बताए । दैनिक ३० हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । एक्स्पोमा भारत, बंगलादेश, पाकिस्तानबाट समेत व्यवसायी आउने जानकारी उनले दिए । एक्स्पो अवधिभर विभिन्न गोष्ठी आयोजना हुने उनले बताए । ‘फागुन १३ मा स्वरोजगार गोष्ठी आयोजना गरिनेछ,’ उनले भने, ‘धरानका होटल, टेम्पो, बस व्यवसायीलाई समेत समेटेर पर्यटन गोष्ठी गरिनेछ, खानेपानी समस्या समाधानको विषयमा पनि गोष्ठीमार्फत छलफल गर्छौं ।’

थलिएको व्यवसाय जगाउन धरान एक्स्पो

धरानको स्थानीय उत्पादन प्रवर्धन गर्ने लक्ष्यका साथ प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा बिहीबारबाट धरान एक्स्पो सुरु भएको छ । कोरोनाले थला पारेको व्यापार, उद्योगलाई उठाउन यस्तो पहल थालिएको हो । पछिल्लो समय नेपालमा आयात बढ्दै गरेको र निर्यात शून्य रहेको प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । धरान एक्स्पोको उद्घाटनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयात न्यूनीकरण गर्न प्रदेश र केन्द्र सरकारले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकास र विस्तारमा महोत्सव महŒवपूर्ण हुने उहाँको भनाइ थियो ।