महँगो ब्याजदरको प्रभाव : १० मध्ये एक क्रेता घर जग्गा बजारबाट बाहिरने अवस्था

माघ २३, काठमाडौं  । बेलायतमा केन्द्रीय बैंकको ब्याजदर बढेर १ दशमलव २५ प्रतिशतसम्म पुग्यो भने पहिलो पटक घरजग्गा किन्न लागेका क्रेताहरुमध्ये एक तिहाईसम्मको खरीद शक्ति घट्ने छ । यस वर्ष बेलायतमा एक पछि अर्को गर्दै ब्याजदर बढ्ने अनुमान गरिएको छ । यस्तो भएमा हरेक १० मध्ये एक जना सम्भावित क्रेता घरजग्गा बजारबाट बाहिर रहनेछन् । यसले घरजग्गाको मूल्यमा पनि दबाब सृजना गर्ने अनुमान विश्लेषकहरुले गर्न थालेका छन् ।  बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई) ले गत हप्ता मात्रै ब्याजदर दोब्बर बनाएर शून्य दशमलव ५ प्रतिशतमा पुर्याएको थियो । यस वर्ष बैंकले चार पटक ब्याजदर बढाउने अनुमान गरिएको छ । यो यस वर्षको पहिलो ब्याजदर वृद्धि हो । सन् २०२२ को अन्त्यसम्ममा बीओईको ब्याजदर नै १ दशमलव २५ प्रतिशतमा पुग्ने परामर्शदाता कम्पनी क्यापिटल इकोनोमिक्सको प्रक्षेपण छ । तर महँगो बन्दै गइरहेको कर्जाले धितोमा ऋण लिएर घर किन्नेबारे विचार गरिरहेकाहरुमा प्रतिकूल प्रभाव पार्नेछ । बीओईको ब्याजदर नै १ दशमलव २५ प्रतिशतमा पुग्यो भने यस अघि कर्जा लिन सकेका झन्डै ६० हजार क्रेता ‘उधारो दबाब परीक्षण’मै असफल हुने अनुमान क्यापिटल इकोनोमिक्सले गरेको छ ।  सन् २०२० मा बैंक कर्जा प्रयोग गरेर घर किन्नेको संख्या बेलायतमा ६ लाख  १४ हजार रहेको यूके फाइनान्सले बताएको छ । यस वर्ष पनि यस्तै प्रवृत्ति दोहोरियो भने हरेक १० मध्ये एउटा खरिदारी पूरा हुनेछैन । बढ्दै गइरहेको ब्याजदर त घर जग्गाका लागि समस्याकारी छ नै । यस माथि क्रेताहरुमाथि लाँदिएको कठोर खालको ‘सामथ्र्य परीक्षणहरु’ले पनि विक्री सीमित बनाउने र घरजग्गाको मूल्य घटाउने साभिल्सका इस्टेट एजेन्ट लुसियान कूक बताउँछन् ।  बैंकको ब्याजदर बढेर १ दशमलव २५ प्रतिशतमा पुग्यो भने यसले घर जग्गामा पहुँच हुन सक्ने क्रेताको संख्या प्रभावित बनाउँनेछ र मानिसहरुको क्रय क्षमता पनि सीमित बनाउन सक्ने उनको भनाइ छ । यसले आगामी वर्षमा घरजग्गाको मूल्यमा नाटकीय प्रभाव सृजना गर्न सक्ने अर्थशास्त्रीहरुले बताएका छन् । घरजग्गा बजारमा निकै ठूलो मन्दी आउन सक्ने प्रक्षेपणमा विश्लेषकहरु एकमत देखिएका छन् । तर बेलायती बैंकिङ ब्रान्ड हालिफ्याक्सले भने सन् २०२२ मा घर जग्गाको मूल्य १ प्रतिशतले मात्रै बढ्न सक्ने अनुमान गरेको छ । सन् २०२१ सम्मको १२ महीनामा घरको मूल्य १० प्रतिशतले बढेको बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय ‘एनबीएस’को तथ्यांकले देखाएको छ ।  कर्जाको पुनः भुक्तानी गर्ने सामथ्र्य ऋणीहरुमा छ भनेर सुनिश्चित गर्नका लागि कर्जादाताहरुले ‘दबाब परीक्षण’ गर्छन् । यसमा धितोमा लिइएको कर्जाको पुनः भुक्तानी दर बैंकको चलेको ब्याजदर भन्दा तीन प्रतिशत माथि राखिन्छ । महँगी नियन्त्रण गर्न केन्द्र बैंकले अचानक ब्याजदर बढायो भने पनि ऋणीहरुले आफूले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्छन् भन्ने सुनिश्चित गर्न यसो गरिएको हुन्छ । नोभेम्बरमा स्ट्यान्डर्ड भ्यारिएबल रेट (एसभीआर) ३ दशमलव ६ प्रतिशत थियो । यस्तोमा बैंकहरुले ‘दबाब परीक्षण’मा कर्जाको पुनः भुक्तानी दर ६ दशमलव ६ प्रतिशत कायम गरेका थिए । अर्थात् त्यति बेला ब्याजदर ६ दशमलव ६ प्रतिशत पुग्दा समेत कर्जाको पुनः भुक्तानी गर्न सक्ने सामथ्र्य भएका क्रेतालाई मात्रै ऋण पाए । ऋणीहरुले पाउने कर्जा उनीहरुको वार्षिक तलबको पाँच गुणामा सीमित गर्न पनि यसो गरिएको थियो । यो डिसेम्बरमा बीओईले ब्याजदर बढाउनु अघिको कुरा हो ।  तर बीओईको ब्याजदर नै बढेर १ दशमलव २५ प्रतिशतमा पुग्यो भने एसभीआर  ४ दशमलव ७५ प्रतिशतमा पुग्ने क्यापिटल इकोनोमिक्सको विश्लेषणले देखाएको छ । यसको अर्थ सम्भावित घरधनीहरुको दबाब परीक्षण धितोको ७ दशमलव ७५ प्रतिशतसम्म  ब्याजदरमा पुग्नेछ । उनीहरुको तलब अनुरुप पाउने कर्जा घटेर वार्षिक तलबको ४ दशमलव ५ गुणमा झर्नेछ । यसको अर्थ हरेक १० मध्ये  एक जना अर्थात् १० प्रतिशत भावी क्रेताले कर्जा पाउने छैनन् । दबाब परीक्षण कम गर्नेबारे आफूले परामर्श शुरु गर्न लागेको बीओईले बताएको छ ।  तर परामर्शको निस्कर्ष के निस्किन्छ र यो कति छिटै हुुन्छ भन्ने स्पष्ट छैन । उनीहरु सतर्क हुने अनि ऋणीहरुले थेग्नै नसक्ने ऋणको भारी नलिउन् भन्ने सुनिश्चित गरिने कूकले बताएका छन् । घरजग्गा बजार पछिल्लो समय उत्पन्न आर्थिक झट्काहरु सुरक्षित हुनुमा धितोमा दिइने ऋणसम्बन्धी नियम भएकोमा कूकले जोड दिएका छन् । नियमहरु परिवर्तन नै भएपनि कर्जादाताहरुले यसलाई सुरक्षित तवरले चलाउने र मौलिक नियममा अडिग हुने छन् । बीओईको दर स्थीर नभएरसम्म कर्जादाताहरु पनि नियम परिवर्तन गर्न हिच्किचाउनेछन् । ब्याजदर झनै तीव्रताका साथ माथि गयो, दबाब परीक्षणप्रति उदारता देखाउन बीओई पनि बढी इच्छुक हुन सक्ने कूकले बताएका छन् । -एजेन्सीको सहयोगमा 

सम्बन्धित सामग्री

२५ प्रतिशत घर-जग्गा महिलाको स्वामित्वमा

स्याङ्जा । स्याङ्जाको कुल परिवार संख्याको २५ प्रतशित घर जग्गा (सम्पत्ति) महिलाको स्वामित्वमा रहेको पाईएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल परिवार संख्या मध्ये २५ प्रतिशत महिलाको घर जग्गा (सम्पत्ति) मा स्वामित्व रहेको पाईएको हो । स्याङ्जाको परिवार सख्ंया ६८ हजार ९ सय ५९ रहेकोमा १७ हजार ६ सय ३१ महिलाको सम्पत्तिमा स्वामित्व […]

चमेलिया प्रसारण लाइन क्षेत्रका घर-जग्गा पीडितले अझै मुआब्जा पाएनन्

डडेल्धुरा। चमेलिया जलविद्युत आयोजनाको प्रसारण लाइनकाे क्षेत्रमा घर-जग्गा पर्ने स्थानीयवासीहरुले मुआब्जा पाएनन् । मुआब्जा नपाएपछि उनीहरूले तार तान्न अवरोध गरेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराको भाटागाउँ र कैनी टोलवासीका स्थानीयले प्रसारण लाइनको टावर बनाइएको तार तान्न अवरोध गरेका छन् । डडेल्धुरामा चमेलिया जलविद्युत आयोजनाले टावर निर्माण गर्ने क्रममा घर भत्काएर पनि जग्गाको उचित मूल्यांकन […]

घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढ्यो

१५ जेठ, काठमाडौं । घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढेको छ । सरकारले संसदमा पेश गरेको बजेटले पूँजीगत लाभ कर बढाएको हो । नयाँ व्यवस्था अनुसार ५ वर्षभन्दा कम समय स्वामित्वमा रहेको घर जग्गा बेच्दा अब नाफाको साढे ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर ५ प्रतिशत थियो […]

‘घर जग्गा कारोबारमा तीनै तहका सरकारसँग स्पष्ट नीति छैन’

काठमाडौं । घर जग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घर जग्गा व्यवसायीहरुले बताएका छन् । घर जग्गा व्यवसायीहरुले घर जग्गाको प्लटिङ भन्दा केही घर जग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन् । घर जग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको […]

घर–जग्गा कारोबारमा गिरावट

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघसम्ममा घर–जग्गा कारोबारबाट ६ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ रूपैयाँ राजस्व संकलन भएको थियो। यसपालि माघ मसान्तसम्म ५ अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ मात्र संकलन भएको छ।...

घर जग्गा र सेयर कर्जामा कडाई गर्न सिबिफिनको सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अहिलेको तरलता (लगानी योग्य पूँजी) अभावको समस्या समाधानका लागि घर जग्गा कर्जा तथा सेयर धितो कर्जामा थप कडाइ गर्नुपर्ने बताएको छ । आइतबार परिसंघले विद्यमान तरलता संकटको समाधानको विकल्पको रुपमा राष्ट्र बैंकलाई सुझाव दिँदै यस्तो बताएको हो । मार्जिन ल्यान्डिङ (सेयर धितो कर्जामा) ४–१२ को सीमा अनुपयुक्त भएको भन्दै विरोध भइरहेकै बेला थप सिबिफिनले यस्तो कर्जामा कडाइ गर्नुपर्ने सुझाव दिएको छ । यसले धितोपत्र बजार थप सशंकित हुने देखिन्छ ।

निःशुल्क  घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक

निःशुल्क  घर जग्गा किनबेच गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक गरेको छ । दलेदाईले एन्ड्रोइड र आईओएसका लागि मोबाइल एप सार्वजनिक गरेको हो ।   दलेदाई एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट घर जग्गा किनबेच गर्न र आफ्नो प्रोपटी भाडामा लगाउन सकिन्छ । दलेदाईको मोबाइल एप बाइटकेयर टेक्नोलोजीले निर्माण गरेको हो ।   दलेदाईमा ‘इजि कन्स्ट्रक्सन’ भन्ने फिचर पनि...

बजेटले खुशी पार्न सकेन नेपाल घर जग्गा व्यवसायीलाई

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को आय/व्यय (बजेट)ले नेपाल घर जग्गा व्यवसायी निराश बनेका छन् ।  बजेटमा समावेश गर्नका लागि दिएको कुनैपनि सुझावहरूको सम्बोधन सरकारले नगरेपछि औपचारिक रुपमा संगठित रियल स्टेट व्यवसायीहरु खिन्न र निरुत्साहित भएका हुन् ।भूमि व्यवस्था अन्तर्गत सबै मालपोत कार्यालयहरूबाट विद्युतीय प्रणालीमा आधारित जग्गा प्रशासन सम्बन्धी सेवा विस्तार गर्ने तथा विद्युतीय माध्यमबाट ‘मेरो कित्ता प्रणाली’ को कार्यान्वयन गर्ने र आवास तथा शहरी विकास अन्तर्गत सुरक्षित आवास विकास, जो