बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अहिलेको तरलता (लगानी योग्य पूँजी) अभावको समस्या समाधानका लागि घर जग्गा कर्जा तथा सेयर धितो कर्जामा थप कडाइ गर्नुपर्ने बताएको छ । आइतबार परिसंघले विद्यमान तरलता संकटको समाधानको विकल्पको रुपमा राष्ट्र बैंकलाई सुझाव दिँदै यस्तो बताएको हो । मार्जिन ल्यान्डिङ (सेयर धितो कर्जामा) ४–१२ को सीमा अनुपयुक्त भएको भन्दै विरोध भइरहेकै बेला थप सिबिफिनले यस्तो कर्जामा कडाइ गर्नुपर्ने सुझाव दिएको छ । यसले धितोपत्र बजार थप सशंकित हुने देखिन्छ ।