काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ काडाँघारी चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-८ घर भएका सन्तोष श्रेष्ठको कोठाबाट नगद २० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी करिब ४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यसैगरी ललितपुर महानगरपालिका-७ सुनाकोठीस्थित भिन्तुना सहकारी संस्थाबाट पनि नगद १६ लाख १४ हजार ५ सय रुपैयाँ र चाँदीका सिक्काहरु समेत गरी करिब १६ लाख ६४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।