– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) पछिल्लो समय, न्यून अथवा कम रक्तचापबारे जिज्ञासा बढेको देखिन्छ । भलै यसलाई उच्च रक्तचापजस्तो गम्भीररुपमा भने लिएको पाइँदैन । चिकित्सकहरुले पनि कम रक्तचापभन्दा उच्च रक्तचापका कुरा धेरै गर्छन् । वास्तवमा चिकित्सकले कम रक्तचापका बारेमा धरै चासो नदिनुको पनि कारण छ । किनभने, कम रक्तचाप आफैंमा रोग होइन । […]