भारत हिँडेका यात्रुको बाटोमै मृत्यु, हत्या गरिएको भन्दै आफन्तको प्रदर्शन

धनगढी : कैलालीबाट रोजगारीको सिलसिलमा भारत गएका एकजनाको मृत्यु भएको छ। साउन १५ गते धनगढीबाट पशुपति टुर एण्ड ट्राभल्समार्फत भारतको बैंग्लोर गएका कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपति आचार्यको बाटोमै मृत्यु भएको हो।ट्राभल्सका सञ्चालक दीपक विष्टका अनुसार पशुपतिले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको दाबी गरे। ‘गाडीबाट हाम फालेपछि अस्पताल लगिएको थियो‚’ उनले भने‚ ‘त्यसपछि मृत्यु भएको हो। मृतकको शव धन

सम्बन्धित सामग्री

भारतमा कैलालीका पशुपतिको मृत्यु, हत्या गरेकाे भन्दै धनगढीमा आफन्तको प्रदर्शन

बिराज रोस्यारा, कैलाली । भारतमा कैलालीका एकजनाको मृत्युु भएको छ । १५ साउनमा धनगढीको पशुपतिनाथ टुर्स एण्ड ट्राभल प्रालीको बसमार्फत भारत गएका जानकी गाउँपालिकाको दुर्गौलीका पशुपति आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आचार्यको भारतको बैङ्लोरमा १९ साउनमा मृत्यु भएको खबर प्राप्त भएको बताउँदै अहिले शव नेपाल […]

ममता बनर्जीले  पश्चिम बंगालको २१ औं मुख्यमन्त्री पदको  लिइन शपथ

वैशाख २२, कोलकाता(भारत) । भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त भएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधवार मुख्यमन्त्री पदको शपथ लिएकी छन् । उनी लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री भएकी हुन् । मुख्यमन्त्री पदको शपथ लिएपछि सम्बोधन गर्दै बनर्जीले हालै सम्पन्न चुनावपछि राज्यमा भएका हिंसामा संलग्नमाथि कडा कारबाही गरिने बताइन्। बनर्जी पश्चिम बंगालको २१ औं मुख्यमन्त्री हुन् ।       मुख्यमन्त्रीको हेस्टिङ्स कार्यालयमा शपथ ग्रहण कार्यक्रम चलिरहँदा बाहिर सडकमा मुख्य विपक्षी भारतीय जनता पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले आफ्ना दर्जनौं कार्यकर्ताको मुख्यमन्त्री बनर्जीको पार्टीका समर्थकले हत्या गरेको आरोप लगाएका थिए ।            तथापी, शपथ कार्यक्रममा भाजपाका अध्यक्ष जेपी नड्डा र राज्यका पार्टी प्रमुख दिलीप घोष सहभागी भएका थिए ।मुख्यमन्त्री बनर्जीले कोभिड–१९ संक्रमणलाई नियन्त्रणमा ल्याउन आफूले उच्च प्राथमिकता दिने बताइन्। साथै उनले राज्यमा शान्ति र अमनचयन कायम गर्न सबै पक्षसँग आग्रह पनि गरिन् ।            पश्चिम बंगालमा हालै सम्पन्न विधानसभा निर्वाचनमा बनर्जीको त्रिणमुल कङ्ग्रेसले प्रचण्ड बहुमत हासिल गरेको थियो भने भारतीय जनता पार्टीले दोस्रो स्थान हासिल गरेको थियो । तर नन्दीग्रामबाट चुनाव लडेकी बनर्जी भने भाजपाका उम्मेदवार शुभेन्दु अधिकारीसँग पराजित भएकि थिइन्।            पार्टीले बहुमत हासिल गरेपछि तेस्रो पटक मुख्यमन्त्री बनेकी बनर्जीले संविधान बमोजिम छ महीनाभित्र विधानसभाको सदस्य हुनु पर्नेछ । रासस/ पीटीआई