उपत्यकामा पारिलो घाम, तस्वीरहरू

काठमाडौं : उपत्यकामा आज बिहानैदेखि मौसममा क्रमिक सुधार भएको छ। लगातारको वर्षाका कारण दशैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको थियो।तर, शुक्रबार बिहानदेखि भने उपत्यकामा वर्षा रोकिएको छ। बागमती प्रदेशसहित पूर्वका जिल्लाहरुमा भने क्रमिक रुपमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको संभावना कायम रहेको र लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा पनि मध्यम वर्षा जारी रहने ज

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्वीरहरू)

काठमाडौँ : काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। फागुनको दोस्रो साता भइसक्दा पनि पारिलो घाम लाग्न सकेको छैन।लामो समयदेखि वर्षा नभएपछि वायु प्रदूषण बढेको हो।

यस्तो रहनेछ आजको मौसम

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । दिउँसो कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने …

पानी नपर्दा तापक्रम बढ्दै : काठमाण्डौमा दिउँसाे पारिलो घाम, तराईमा हुस्सु कुहिरो

काठमाण्डाै - तापक्रम बढ्दा काठमाण्डौ उपत्यकामा चिसो कम हुँदै गएको छ । काठमाण्डौसहित बाग्मती प्रदेशका धेरैजसो ठाउँमा नै चिसो कम भएको छ । यस्तै, प्रदेश १ का पहाडी जिल्लामा पनि तापक्रम बढ्न थालेको छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । आज पनि पारिलो घाम लाग्ने भएकाले बिहान बेलुका चिसो भए पनि दिउँसाे न्यानो हुनेछ । हिउँदे वर्षा नहुँदा र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव खासै नपर्दा काठमाण्डौसहित बाग्मती र प्रदेश १ का...

अझै केही दिन वर्षा हुने

काठमाडौं : मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिएउनका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ।      राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नबाट हल्कादेखि

पश्चिमी वायुको प्रभाव बढ्दै, के असर पर्छ मौसमी प्रणालीमा ?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले बुधवार रातिबाट मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव चार र अधिकतम १७ डिग्री सेल्सियस रहेको छ । ...

उपत्यकासहित  देशका अधिकांश भागमा पारिलो घाम

काठमाडौं : आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा पारिलो घाम लागेको छ।उपत्यकामा दुई दिनदेखि बिहानीदेखि मध्यान्ह्सम्म घाम लागे पनि अपराह्‍नपछि बदली हुने क्रम जारी रहेकाले केही चिसो महसुस गरिएको छ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस र आधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भ

बिहान पानी परेको काठमाडौंमा दिउँसो घाम लाग्ने

काठमाडौं । देशका केही भागमा आज पनि हिमपात र वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौंमा आज दिउँसो पारिलो घाम...

काठमाडौंमा बिहानैबाट कुहिरो

काठमाडौं । काठमाडौंमा आज बिहानैबाट मौसमा बदली भएको छ । काठमाडौं उपत्यकामा बिहानैबाट कुहिरो लागेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।  “बिहान कुहिरो लागेको छ । यो विस्तारै हट्दै गएर दिउँसो पारिलो घाम लाग्ने छ,” उनले भनिन् ।  आज बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ...

काठमाडौं उपत्यकामा घाम लाग्यो, अब जाडो बढ्ने, प्रदूषण घटाउन सघाउने

२२ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पारिलो घाम लागेको छ । घाम लागेपछि जाडो केही बढ्ने र अहिलेको प्रदूषणलाई केही हदसम्म भए पनि घटाउन मद्दत गर्ने मौसमविद बताउँछन् । मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘घाम लागेपछि थोरै भए पनि हावा चल्छ । त्यो हावाले प्रदूषणको तहलाई यताउता छर्छ र तुलनात्मक हिसाबले प्रदूषण […]