वैशाखयता विपदबाट देशभर ८७ जनाले गुमाए ज्यान

काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर वैशाख १ गतेदेखि आज (असार १४) गतेसम्ममा विभिन्न घटनामा ८७ जनाले ज्यान गुमाएको जनाएको छ। प्राधिकरणका अनुसार पहिरोबाट १०, बाढीले ३, भीषण वर्षाले १ र चट्याङले ३० जनाको ज्यान गएको छ।सर्प दंशबाट ४, आगलागीबाट १८, हावाहुरीबाट ८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। जनावर आतंकबाट १२ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। यी घटनामा २ सय १ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन्। १ हजार १ सय ३६ परिवार प्रभावि

सम्बन्धित सामग्री

मनसुन अवधिमा विपदबाट ९२ जनाको मृत्यु, ३० बेपत्ता

३० असोज, काठमाडौं । यसपालीको मनसुनको समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काका अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ । प्राधिकरणले मंगलबार सिंहदरबारमा […]

मनसुनजन्य विपदबाट कुन प्रदेश कति जोखिममा ?

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपदबाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ असार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको

मनसुनजन्य विपदबाट यसवर्ष कुन प्रदेश कति जोखिममा ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ ।

विपदबाट भएको क्षतिको विवरण तत्काल पठाउन गृहको निर्देशन

काठमाडौं : विपदबाट भएको क्षतिको विवरण तत्काल पठाउन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।बेमौसमी वर्षाका कारण भएको क्षतिको विवरण तत्काल पठाउन मन्त्रालयले बुधवार प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो। गत शनिवार अपराह्नबाट भएको बेमौसमी वर्षाका कारण पश्चिम नेपाल तथा पूर्वी नेपालमा सबै भन्दा बढी क्षति पुर्‍याएको छ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बिहीवार दिउँसोसम्म देशभर बेमौसमी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर ८८ जनाको मृत्यु भएको छ

भदौ महिनामा विपदबाट ६५ जनाको मृत्यु, १०९ घाइते

काठमाडौं । गत भदौमा मात्रै विपदमा परि देशभर ६५ जनाको मृत्यु भएको छ । सोही अवधीमा १०९ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार भदौ महिनाभरमा ६२४ विपद्का घटनाहरूबाट ६५ जनाले ज्यान गुमाएको र १०९ जना घाइते भएका हुन् । पहिरोबाट ४०, बाढीबाट १२, चट्याङबाट ६, जनावरको आक्रमणबाट ३...

विपद्का घटनाबाट वैशाखमा करिब ३४ करोडको क्षति, ३२ जनाको मृत्यु

काठमाडौं।पछिल्लो एक महिनामा विपदबाट देशभर ३३ करोड ७८ लाख ६५ हजार १९० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखमा भएका विपद् सम्बन्धी ४४९ घटनाले उक्त क्षति गरेको हो।ती घटनामा ३२ जनाको मृत्यु र १३८ जना घाइते भएका छन्। सो अवधिमा सबैभन्दा बढी आर्थिक क्षति आगलागी र मानविय क्षति चट्याङले गरेको छ।