विपदबाट भएको क्षतिको विवरण तत्काल पठाउन गृहको निर्देशन

काठमाडौं : विपदबाट भएको क्षतिको विवरण तत्काल पठाउन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।बेमौसमी वर्षाका कारण भएको क्षतिको विवरण तत्काल पठाउन मन्त्रालयले बुधवार प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो। गत शनिवार अपराह्नबाट भएको बेमौसमी वर्षाका कारण पश्चिम नेपाल तथा पूर्वी नेपालमा सबै भन्दा बढी क्षति पुर्‍याएको छ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बिहीवार दिउँसोसम्म देशभर बेमौसमी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर ८८ जनाको मृत्यु भएको छ