विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न ध्यानार्षण गराएका हुन् । थापा र शर्माले सोमबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर त्यसबारे ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित सामग्री

साउन पहिलो सातादेखि विदेशमै मतदाता नामावली संकलन !

काठमाडौं । विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने विषयमा निर्वाचन आयोग सकारात्मक भएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार आयोगको ध्यानाकर्षण गराएपछि आयोगले आउँदो साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन थाल्ने प्रतिबद्धता जनाएको हो । सर्वोच्च अदालतले विदेशमा रहने नागरिकको पनि मताधिकार सुनिश्चित गर्ने गरी...