विराटनगरको तुलसी सहकारीबाट ६७ करोड ८६ लाख हिनामिना, अध्यक्षसहित ५ सञ्चालक फरार

विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ६७ करोड ८६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्षसहित ९ जनाविरुद्ध जिल्ला अदालत मोरङमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।  विराटनगरका मात्र १ हजार २ सय ९७ जना बचतकर्ताले ५० करोड ६३ लाख भन्दा बढी आफ्नो बचत हिनामिना भएको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका थिए ।

सम्बन्धित सामग्री

पोखराको प्राईम सहकारीबाट डेढ अर्ब बढी रकम अपचलन, अध्यक्षसहित ८ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साढे एक अर्बभन्दा बढी रकम हिनामिना गरेको पाएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अनुसन्धानले सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख ८ हजार एक सय ४२ रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको हो । सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान सकेर जिल्ला […]

ग्लोबल आईएमई बैंकले भन्यो- रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन (पत्रसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ ।

तुलसी सहकारीबाट बचत फिर्ताको माग गर्दै १ हजार १६६ उजुरी

विराटनगर । विराटनगर महानगरपालिका–३ शंकरपुरस्थित तुलसी बहुउद्देश्य सहकारीबाट बचत रकम फिर्ताको माग गर्दै १ हजार १६६ जनाले प्रहरीमा उजुरी दिएका छन् । निवेदनमा माग गरिएको रकम ४७ करोड ३६ लाख ३५ हजार रुपैयाँ छ । तुलसी बहुउद्देश्य सहकारी संस्थाका सञ्चालकले अनियमितता गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी बचत रहेको उक्त सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिन शुरू गरेका हुन् । अहिलेसम्म १ हजार १६६ जनाले ४७ करोड ३६ लाख ३५ हजार रुपैयाँ फिर्ता माग गर्दै उजुरी दिएको एसपी दीपक पोखरेलले बताए । उनका अनुसार यो उजुरी मोरङका बचतकर्ताको मात्र हो । मुख्य कार्यालय विराटनगर रहेको यो सहकारीका शाखा झापाको दमक, उदयपुरको गाइघाट र सिरहाको गोलबजारमा छन् । एक महीनादेखि ती सबै शाखा बन्द छन् । उक्त सहकारीका २१ हजार ७१३ जना सदस्य छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन छन् भने सचिव सविना न्यौपाने, उपाध्यक्ष अनिता न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । एसपी पोखरेलका अनुसार उक्त सहकारीको अघिल्लो वर्षको लेखापरीक्षण गर्ने चार्टर्ड एकाउण्टेण्ट सितल चन्दलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ । सहकारीका आठजना सञ्चालकविरुद्ध उजुरी परेका छन् ।

गाउँमै डेरी उद्योग सञ्चालन

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका झण्डै दुई करोड लागतमा डेरी उद्योग सञ्चालन गरिएको छ । चामुण्डाविन्द्रासैनी २ चाल्ने चौतारामा जिल्लाकै नमुना डेरी उद्योग सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीले स्थापना गरेको हो ।पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखबाट १ करोड, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट ३१ लाख, सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीबाट ३० लाख र सुर्खेत डेरी उद्योगबाट ६ लाखसहित १ करोड […]

सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ

काठमाण्डौ – प्रहरीले सहकारीबाट पाँच करोड ६७ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाण्डाै महानगरपालिका २१ न्युरोडकाे नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख रुपैयाँ ठगी गर्ने काठमाण्डौका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महान...

सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ

प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ ।

एउटै सहकारीबाट ७३ करोड ऋण लगानी

कञ्चनपुरको भीमदत्तनगर नगरपालिकामा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले ७३ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरेको छ । सहकारीले कृषि, पशुपन्छीपालन, लघुउद्यम, व्यापार व्यवसाय, लघुवित्त, हायर पर्चेच, वैदेशिक रोजगार, घरजग्गा क्षेत्रमा ७३ करोड २५ लाख ६१ हजार ३ सय ४१ रुपैयाँ ऋण लगानी गरेको हो ।