साहारा चितवन सहकारीका बचतकर्ता बेसहारा: ८५ करोड हिनामिना, बिनाधितो १२ करोड ग्यालेक्सीमा

ग्यालेक्सी टेलिभिजनका अध्यक्षसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले पोखराको सूर्यदर्शन सहकारीको डेढ अर्ब मात्र होइन, साहारा चितवन बहुउद्देश्यीय सहकारीको करिब ८५ करोड हिनामिना गरेको भेटिएको छ । राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएका बेला गोर्खा मिडिया नेटवर्क प्रालिले चितवनको सहकारीबाट ११ करोड ७१ लाख रुपैयाँ लिएको कागजातबाट खुलेको छ ।