श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताउनुभएको छ ।
गोरखापत्रसँग कुरा गर्दै मन्त्री यादवले स्वदेश फर्किन प्राथमिकतामा परेका नागरिकलाई त्यहाँ रहेका नेपाली दूतावासको समन्वयमा ¥यापिड टेस्ट (आरडीटी)मार्फत कोभिड–१९ को परीक्षणमा कोरोना नेगेटिभ नदेखिएकाले मात्र स्वदेश फर्किन सक्ने बताउनुभयो ।