पाहुना र पूर्वाधारको पर्खाइमा म्याग्दीको ‘गाजने’

काठमाडौं,११ मंसिर । धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ। दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो। पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ। […]

सम्बन्धित सामग्री

मुन्द्रा चढाउने डाँडामा पाहुना घर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।

सुनसान बन्दै होमस्टे

बजेट कार्यान्वयन गर्ने निकायले चर्चा गरेजस्तो छैन, होमस्टे पर्यटनको कथा । जिल्लाका विभिन्न गाउँमा सञ्चालन गरिएको घरबास (होमस्टे) रहरमै सीमित भएका छन् । परम्परागत साँघुरा घरको सामान्य स्वरूप परिवर्तन गरी स्थानीयले पाहुना राख्ने कोठा, सुधारिएको ओछ्यान, अलग्गै भान्सालगायत पूर्वाधार थपेर सुरु गरेका होमस्टेमा पाहुना नआएपछि रहरमै सीमित भएका हुन् ।

होटल अकुपेन्सी बढाऊ

मुलुकभरमा वार्षिक ३५ लाख विदेशी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार तयार भएका बेला क्षमताको २० प्रतिशत पनि अकुपेन्सी नहुनु सोचनीय विषय हो । अहिले देशभरिका होटलसँग जति पाहुना राख्न सक्ने क्षमता छ, त्यसको २० प्रतिशत पनि पर्यटक नआएको अवस्था छ । प्रमुख पर्यटकीय गन्तव्य बनेको पोखरामा समेत अहिले पर्यटक पुगेका छैनन् । यस्तै मुलुकका अन्य […]

पर्यटकीय पूर्वाधार बने तर, चल्नै नपाई थला परे

साहसिक र आन्तरिक पर्यटक बढ्न थालेपछि पोखरा र आसपासका क्षेत्रमा पूर्वाधार थपिएपनि ती पूर्वाधार कोरोना संक्रमणका कारण थला परेका छन्। हालैमात्र संचालनमा आएका जीपलाइन, जायन्ट स्विङ र स्काई साइक्लिङ जस्ता पुर्वाधार पाहुना देख्न नपाउँदै ढोका लागेसरह भएका छन्।...

ऐतिहासिक चिनाकोटमा पूर्वाधार निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ स्थित ऐतिहासिक स्थल चिनाकोटमा पूर्वाधार निर्माण गरिएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ बजेटमा स्थानीयले श्रमदान गरेर पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण गरेका हुन् । चिनाकोट घुम्न आउने पाहुना तथा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रनबहादुर रोकाले जानकारी दिए । ‘सेप्रेको मुहानबाट तीन वटा इन्टेक, ४ हजार ५०० लिटर क्षमताका दुई वटा रिजर्भ ट्यांकी बनाएर २ हजार ५ सय मिटर पाइपबाट ल्याइएको पानी उपभोगका लागि एक धारा बनाएका छौं’, उनले भने, ‘दायाँबाँया दुवैतर्फ रेलिङसहितको ९० मिटर पक्की र ७५ मिटर ढुंगाको सिँढी भएको पदमार्ग निर्माण गरेका छौं ।’      सार्वजनिक शौचालय पनि निर्माण गरिएको छ । पूर्वाधार निर्माण भएपछि अप्ठ्यारो र भिरालो ठाउँमा जोखिम मोलेर हिँड्नुपर्ने, पिउने पानी बोकेर जानुपर्ने, शौचालयको समस्यासमेत हटेको उपभोक्ता समितिका सचिव कमल रोकाले बताए । ‘बस्तीदेखि टाढा र उच्च स्थानमा रहेको चिनाकोटमा पिउने पानीको समस्या थियो’, उनले भने, ‘खानीगाउँ, दुर्दी, बाहुन पँधेरा र थर्पुका ५३ जनाले दुई महिनासम्म श्रम गरेर पूर्वाधार तयार पारेका हाैं ।’      भू–तथा जलाधार व्यवस्थापन कार्यालयको यहाँस्थित सम्पर्क एकाइका सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा २० लाख बजेट विनियोजन भएकामा आयोजना व्यवस्थापन खर्चबापतको ८० हजार घटाएर १९ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।      समुद्री सतहदेखि २ हजार २०० मिटरको उचाइमा अवस्थित चिनाकोटमा बाइसे चौबीसे राज्यका पाला दरबार थियो । ऐतिहासिक महत्वका खुडा, तरबार, ढाल, खुकुरीलगायत चिनाकोट दरबारका हतियारलाई थर्पुकोटमा सुरक्षित राखिएको छ । यहाँ रानीले कपाल कोर्ने ठाउँ, पानी राख्ने पँधेरा, सुरक्षाका लागि बनाइएको सुरुङ र दरबारका भग्नावशेष छन् ।      चिनाकोटबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका हिमाल, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्ती र वनजंगलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसको महत्वबारे प्रचार–प्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन जोड दिइएको चिनाकोट युवा क्लबका अध्यक्ष गमश रोकाले बताए । चिनाकोट नजिकैको झाँक्रीपानीसम्म सडक यातायातको सुविधा छ । झाँक्रीपानीमा होमस्टे (घरबास) सुविधा पनि छ । गाउँपालिकाले दृश्यावलोकन स्तम्भ (भ्यूटावर) र सामुदायिक भवन निर्माण गरेको छ । बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा छ । झाँक्रीपानी र चिनाकोटलाई पदमार्गले जोडिएको छ । रासस

तीनकुनेको खाली जग्गा : अनेक योजना, तर अलपत्र

काठमाडौं : कोटेश्वरस्थित तीनकुनेमा रहेको खाली जग्गा बेलाबखत चर्चामा आउँछ। त्यहाँ कहिले ‘आधुनिक बगैंचा’ बनाउने, कहिले ‘तीनकुने शान्ति मण्डल’ त कहिले बुद्ध पार्क निर्माण बनाउने योजना अघि सार्ने गरिएको छ।सोही खाली ठाउँलाई विदेशी पाहुना हुन्‌ या सर्वसाधारण - त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै हवाइ मार्गबाट आवतजावत गर्ने सबैले आकाशबाट समेत देख्छन्‌।तीनकुने चोकमा उपयोगी पूर्वाधार बनाउने सरकारको योजना भने योजनामै सीमित भएको छ। काठमाडौं महानगरपालिकाले आर्थिक व

गन्तव्य मानहुँ: दिनमा दुई हजार पाहुना भित्रिन्छन्

मानहुँको डाँडाबाट माथि हेर्दा हिमाल र तल कुहिरो देखिने हुँदा त्यहाँ पुगेका पाहुना रमाउने गरेको उनले बताए । ‘पूर्वाधार बनिरहेकाले आउजाउ सहज भएको छ । होमस्टे पनि विकास हुने क्रममा छ । अहिले नै पुगेर बस्न र खान समस्या छ । खाने र बस्ने व्यवस्थापन आफैंले गर्नुपर्छ,’

कमाइ थाल्ने बेला थन्किए

‘व्यावसायिक रुपमा आम्दानी नभए पनि पोखरा क्षेत्रका पाहुना घुमघाममा आउन सक्छन् भनेर हामीले पुल सञ्चालनमा ल्यायौं। बन्जीलगायत साहसिक गतिविधिका पूर्वाधार तत्काल चल्ने अवस्था रहेन।’

‘अब विदेशी पाहुना आउँदा मात्र होइन सडक सधैँ चिल्ला बन्नेछन्’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले विदेशी पाहुना आउँदा मात्र सडक चिल्ला बन्ने अवस्थाको