संसद् बैठकका लागि तयारी शुरु

काठमाडौं। सर्वोच्च अदालतको परमादेशसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेपछि तयारी सुरु गरिएको छ। बैठकका लागि शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसद भवनको अवलोकन गरेका छन्। बैठक तयारीका लागि आज स्काई लाइट हलमा सभामुख लगायत सांसदहरुको एन्टिजेन परीक्षण गरिएको छ। राष्ट्रपतिले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेकी छन्।