पारा ओलम्पिक खेलकुद: स्वर्ण जिते तर खेल्न ढिला आएको भन्दै पदक खोसियो

जापानको टोकियोमा जारी पारा ओलम्पिक खेलकुदमा मलेसियाका एक खेलाडीले जितेको स्वर्ण पदक खोसिएको छ, खेल्न ढिला आएको भन्दै। अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी-आईपिसीले उक्त निर्णयको बचाउ गरेको छ। सटपुट खेलाडी मोहम्मद जियाद जोल्केफ्लीले स्वर्ण जितेका थिए तर पछि खेल  खेल्न ढिला आईपुगेको भन्दै अयोग्य घोषित गरिएको थियो। ढिला आइपुगेपनि जोल्केफ्लीलाई खेल्न दिइएको थियो। आईपिसीले त्यतिबेला जोल्केफ्लीले […]

सम्बन्धित सामग्री

पलेसा र कविराज वर्षका उत्कृष्ट

छनोट चरण पार गर्दै पेरिस पारा ओलम्पिक खेल्न लागेकी पारा खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा

ओलम्पिक खेल्न वञ्चित पारा खेलाडीको पीडा

टोकियो पारा ओलम्पिकका लागि संघको सिफारिसमा परेपछि सुनसरीकी सरिता थुलुङको झन्डै दशक लामो खेलजीवनले सार्थकता पाउँदै थियो । उनी उत्तिकै उत्साही थिइन् । कामै छाडेर तयारीमा लागिन् । अपांगता भएकामा हेयभाव राख्नेहरूलाई ओलम्पिक खेलेर उनी दह्रो जवाफ फर्काउन चाहन्थिन् । राष्ट्रिय पारा ओलम्पिक कमिटीले समयमै नाम दर्ता गरिदिएपछि उनी ठूलो अवसरबाट ठगिन पुगिन् ।