काठमाण्डाै – अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज बुधवार गरेको कार्यक्रममा डा. वाग्लेले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टिँदैछ भनेर अतिरञ्जना फैलाउन खोजिएको तर हल्ला गरेजस्तो यथार्थ नरहेको बताउनुभएको हो ।
श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट शासकीय अहङ्कार र उन्मादका कारण सृजना भएको बताउँदै डा. वाग्लेले चुनाव जित्ने र जितिसकेपछि लोकप्रियताका लागि अध्ययनविना नै क...