तिहारमा दुई चलचित्र

चलचित्र लुटका निर्देशक निश्चल बस्नेतको ‘दिमाग खराब’ र सलमान खान अभिनित बलिउड चलचित्र ‘टाइगर ३’ तिहारलाई लक्षित गरेर प्रदर्शन हुँदै छ । यस पटक निर्देशक बस्नेतले चलचित्र प्रदर्शनमा ल्याउने घोषणा गरेर जोखिम उठाउनुभएको देखिन्छ । उहाँको चलचित्रले ‘वर्ड अफ माउथ’ सकारात्मक आएको खण्डमा दर्शकबाट राम्रो व्यापार गर्न सक्ने देखिन्छ । निर्देशक बस्नेतले दर्शकलाई एउटा राम्रो चलचित्र दिन ‘दिमाग खराब’ निर्माण भएको बताउनुभयो । उहाँले चलचित्रको कथा र विषयवस्तु नै राम्रो भएको दाबीसमेत गर्नुभयो । एउटा विदेश जान लागेको पात्र, उसले भोग्नुपर्ने समस्या र त्यसले उसको जीवनमा पार्ने प्रभावका विषयमा चलचित्र बनेको उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

दसैँ–तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र

काठमाडौँ – नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “चलचित्र भवनमा नेपाली चलचित्र हेर्न दर्शकको सङ्ख्या बढी […]

चलचित्र भवनमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’

नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दसैँलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् । दसैँपछाडि नयाँ नेपाली चलचित्र तिहारमा मात्र प्रदर्शन हुने भएकाले एकसाता अझै ती दुई चलचित्र नै रहनेछन् । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २ : भष्मे डन’ तेस्रो सातामा प्रदर्शनरत …

चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । आगामी पुस २९ गते रिलिज हुने चलचित्रले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू चलचित्रले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको […]

‘नालापानी’ तिहारमा रिलीज हुँदै

काठमाडौँ– नेपाली चलचित्र ‘नालापानी’ को रिलिज मिति तोकिएको छ । यो चलचित्र तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने भएको छ । निर्देशक रिमेश अधिकारीले रिलिज मिति सार्वजनिक गरेका हुन् । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो […]

‘नालापानी’ तिहारमा रिलिज हुने

फिल्म ‘नालापानी’ अगामी तिहारमा प्रदर्शनमा आउने भएको छ । निर्देशक रिमेश अधिकारीले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म ४ कार्तिकमा रिलिज हुने जानकारी दिए । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ अवार्ड पाउन सफल फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले देखाएको साहसिक कदमको बिषयमा बनेको हो । फिल्ममा नेपालीको वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएको निर्देशक अधिकारी

नेपाली निर्माता फिल्म रिलिजका लागि के पर्खदैछन् ?

दशैंको लामो बिदामा समेत नेपाली चलचित्र रिलिज गर्न नसकेपछि नेपाली मेकरको आलोचना भयो । राम्रो चलचित्र रिलिज गरेको खण्डमा दर्शक हलसम्म आउँछन् भन्ने विश्लेषण सो समयमा पनि भएको हो । तर, निर्माताले आँट गरेनन् । तिहारमा पनि बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपाली हल भरिभराउ भयो । तिहार जस्तो चाडमा पनि नेपाली निर्माताले चलचित्र रिलिज गर्ने आँट […]

दर्शकले तिहारमा पनि हेर्न नपाउने भए नेपाली चलचित्र

काठमाडौं । यो वर्ष तिहारमा पनि नेपाली चलचित्र रिलिज नहुने भएका छन् । तिहारअघि बिग बजेटका हिन्दी चलचित्र नआउँदा तिहारमा पनि नेपाली चलचित्र रिलिज नहुने निश्चित प्रायः भएको हो । ठूलो ब्यानरका हिन्दी चलचित्र रिलिज भएपछि मात्रै आफ्नो चलचित्र रिलिज गर्ने तयारीमा नेपाली निर्माता छन् । यसअघि, बलिउड सिनेमा ‘सूर्यवंशी’ तिहारअघि...

‘तिहारमा अरु चलचित्र आए म जुधाउँदिनँ’

काठमाडौं । सिनेमा हल मिनिमम ग्यारेन्टी (एमजी) दिन तयार नभएपछि दसैंमा आउने सम्भावना रहेको चलचित्र ‘चपली हाइट–३’ रिलिज नहुने निश्चित भइसकेको छ । अब अवस्था सहज भएपछि उक्त चलचित्र रिलिज हुने छ । त्यसो भए यो चलचित्र तिहारमा रिलिज हुन्छ ?  “दसैंमा रिलिज नभएपछि अब तिहारमा रिलिजको तयारी छ । तर,...

तिहारमा अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ रिलिज हुने

कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सार्न वाध्य भएका निर्देशक रोहित सेट्टीले अन्ततः प्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज गर्ने भएका छन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेसँगै रोहितले प्रतिक्षित चलचित्र रिलिजको मिति तोकेका हुन् । भारतका अधिकांश राज्यमा हल खुलेपनि महाराष्ट्रमा भने हल खुलेको छैन । बलिउड चलचित्रका लागि महाराष्ट्रमा […]

तिहारमा अक्षय र साहिदको भिडन्त पक्का

सन् २०२१ मा बलिउडका स्टार कलाकारहरुको भिडन्त हुने देखिएको छ । गतबर्ष चलचित्र नै रिलिज हुन नपाएपछि यो बर्ष धेरै चलचित्रहरु थुप्रिएका छन् । जसलेगर्दा, बक्स अफिस भिडन्त पक्का जस्तै छ । सन् २०२१ को तिहारमा नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को निर्माणपक्षले प्रदर्शन मिति तय गरेको थियो । बलिउड मेकरहरु तिहारलाई राम्रो कमाई गर्ने […]