विप्लव नेतृत्वको नेकपाद्वारा चुनाव विरोधी कार्यक्रमको घोषणा

देश चुनावमय भइरहेका बेला विप्लव नेतृत्वको नेकपाले निर्वाचन विरोधी कार्यक्रमको घोषणा गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गर्यो । सो पार्टीका अनुसार मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ । खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ ।

सम्बन्धित सामग्री

विप्लवसहित तीन पार्टीले चुनाव बहिष्कार गर्ने

२० कात्तिक, काठमाडौं । ४ मंसिरको निर्वाचनलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरू बहिष्कार गर्ने घोषणा गरेका छन् । बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् । तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा […]

विप्लवसहित साना ३ वामपन्थी पार्टीले निर्वाचन बहिष्कार गर्ने

काठमाडौं :  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटा साना वामपन्थी राजनीतिक दलहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन। बहिष्कार कार्यक्रममा लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देश व्यापी रुपमा विरोध प्रदर्शन र कोणसभा समेत

रोल्पामा विप्लवलाई चुनाव लागेपछि माओवादीलाई सकस

७ वैशाख, रोल्पा । स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर उम्मेदवार घोषणा गर्दै चुनाव प्रचारमा लागि सकेको छ । नेकपाका केन्द्रीय नेताहरु नै चुनावी तयारीका लागि रोल्पामा छन् र उनीहरुले प्रशिक्षण, घरदैलो कार्यक्रम […]