किन विवादमा तानिए इस्पोर्टस् प्रकरणमा बालेन र रुटिन अफ नेपाल बन्द?

काठमाडौँ– ई–स्पोर्टस्‌का नाममा एक करोड रुपैयाँ बजेट छुट्याएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) एकपटक फेरि विवादमा तानिएका छन्। आफूलाई चुनावी प्रचारमा सहयोग गरेको चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी शाहले बजेटमा एक करोड रकम विनियोजन गरेको भन्दै अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ। केही दिनअघि […]

सम्बन्धित सामग्री

के बालेनले ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड दिन लागेका हुन् ?

काठमाडौँ महानगरपालिकाले ई–स्पेर्ट्सका लागि बजेट छुट्याएको भन्दै आलोचना भइरहेको छ । मेयर बालेन शाहले ई–स्पेर्ट्स प्रवर्द्धन र प्रतियोगिताका लागि एक करोड बजेट छुट्याएका छन् । मेयर शाहले ई–स्पोर्ट्सको नाममा उनलाई सहयोग गर्ने ‘रुटिन अफ नेपाल बन्द’ लाई सो रकम दिन लागेको आरोप छ । त्यसो त शाहले मेयर बन्नु पूर्व नै ई–स्पेर्ट्सको क्षेत्रमा पनि लगानी गर्ने विषयलाई समावेश गरेका थिए । विश्वभरमा नै लोकप्रिय बन्दै आएको ई–स्पेर्ट्सले नेपालमा पनि ठाउँ ओगट्न था

महानगरबाट ‘एककरोड विनियोजन गरिएको समाचार’को ‘रुटिन अफ नेपाल बन्द’बाट खण्डन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड बजेट विनियोजन गरिएको भन्दै नेपाली संचारमाध्यमहरुमा प्रकाशित र प्रशारित समाचारको खण्डन गरिएको छ । महानगरले ई–स्पोर्ट्स (मोबाइल गेम) प्रतियोगिता आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरेपछि उक्त प्रतियोगिताका संस्थापक रुटिन अफ नेपाल बन्दका संचालक रहेको भन्दै […]

‘रुटिन अफ नेपाल बन्द’लाई बालेनले छुट्टाए महानगरबाट १ करोड !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड बजेट विनियोजन गरिएको समाचार नेपालका संचारमाध्यमहरुले प्रकाशित गरेका छन् । एबीसी टेलिभिजनका अनुशार नगरपरिषद् बैठकले पारित गरी छपाइका क्रममा रहेको बजेट पुस्तिकाका अनुसार मेयर साहले आफ्नै निजी खर्चले बनाउने भनेको अनिल अधिकारी (यमबुद्ध)को सालिकका लागि […]

रुटिन अफ नेपाल बन्दलाई महानगरको एक करोड

काठमाडौं, असार ३० । काठमाडौं महानगपालिकाका बहुचर्चित मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने रुटिन अफ नेपाल बन्दलाई एक करोडको बजेट विनियोजन गरिएको छ । नगरपरिषद् बैठकले पारित गरी छपाइका क्रममा रहेको बजेट पुस्तिकाका अनुसार मेयर साहले आफ्नै निजी खर्चले बनाउने भनेको यमबुद्धको शालिकका लागि पनि महानगरकै १५ लाख रुपैयाँ विनियोजन […]

‘पब्जी’ प्रतियोगीता गराउन रुटिन अफ नेपाल बन्दलाई बालेनले महानगरबाट दिए १ करोड

काठमाडौँ महानगरपालिकाले रुटिन अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ दिएको छ । महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले निर्वाचनका क्रममा रुटिन अफ नेपाल बन्दले गरेको सहयोगको गुन १ करोड रुपैयाँ दिएर तिरेको अर्थमा यसलाई हेरिएको छ ।  केही दिन अघि मात्रै र्‍यापर यम मुद्धको सालिक बनाउन बजेट विनियोजन गरेर विवादित बनेका बालेनले पुनः रुटिन अफ नेपाल बन्दलाई १ करोड रुपैयाँ दिएको विषय बाहिर आएको हो । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा पुग्ने गरी बालेनले बजेटमा १ करोड रकम विनियोजन गरिदिएका हुन् । पौडेल सञ्चालक रहेको ‘ई–स्पोर्ट’लाई बालेनले १ करोड रकम विनियोजन गरिदिएका हुन् । नेपालमा ‘ई–स्पोर्ट’ सञ्चालन गर्न आधिकारिक कम्पनीको रूपमा पौडेल सहभागी रहेको ‘डिआरएस’ नामक कम्पनी मात्र दर्ता छ । यसले पब्जी, फ्री फायर जस्ता अनलाइन खेलको प्रतियोगीता गराउने बुझिएको छ ।यस विषयमा पौडेलले भने चुनावमा रुटिन अफ नेपाल बन्दले बालेनलाई सहयोग गरेकै कारण बजेट दिईएको भन्ने कुरा गलत भएको उल्लेख गरेका छन् । हिमालयन टेलिभिजनमा पनि यस सम्बन्धि समाचार प्रशारण भएपछि पौडेलले रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । ‘प्रिय हिमालयन टेलिभिजन, म ई–स्पोर्ट टिमको सह–स्थापक हुँ, आयोजक हैन । रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन । बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु । आरोप प्रमाणित गर्नुहोस् झुण्डिएर मर्न तयार छु’ उनले लेखेका छन् ।

निर्वाचनमा बालेन्द्रलाई सघाउने रुटिन अफ नेपाल बन्दलाई महानगरको एक करोड

मेयर बालेन्द्रलाई मेयरको टिकट पाउनु अघिबाटै प्रचारमा लागेको रुटिन अफ नेपाल बन्द र ई–स्पोर्टस टिमलाई यो रकम प्राप्त हुनेछ ।