गण्डकी प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।प्रदेशसभा बैठक रोकेर बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट पिसिआर परीक्षण गर्नैपर्ने माग जोडदार रुपमा उठाइएपछि तत्काल सबै सांसदको पिसिआर परीक्षण गर्ने निर्णय

सम्बन्धित सामग्री

गण्डकीमा तीन सांसदलाई कोरोना, प्रदेशसभामा बोल्न नपाउने, मत हाल्न पाउने

पोखरा । पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गर्नेसहित तीन सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको बैठकमा कोरोना संक्रमणको जोखिम रहेका कारण अनिवार्य पीसीआर परीक्षण गरिनुपर्ने माग गरेका सांसद राजीव पहारीसहित प्रभा कोइराला र मनकुमारी गुरुङलाई संक्रमण पुष्टि भएको हो । सत्तारुढ दल नेकपा (एमाले)को अवरोधका कारण...

गण्डकीमा खोप लगाएका सांसदको फेरि पीसीआर गरिने

पोखरा । सांसदहरुको पीसीआर परीक्षण माग गर्दै सत्तारुढ एमालेले अवरुद्ध गरेको गण्डकी प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । सरकार ढल्ने निश्चित भएपछि यहाँको सत्तारुढ एमालेले कोरोनालाई देखाएर सत्ता लम्ब्याउने अन्तिम कसरतमा लागेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा नै सर्वसम्मत रुपमा कार्यसूची तय भइसकेपछि पनि सदन सुरु भएपछि...

एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध, सांसदहरूको कोरोना परीक्षण गर्न माग

एमाले सांसदहरूले पीसीआर परीक्षण गर्न माग गर्दै मंगलबारको बैठक अवरुद्ध गरेका हुन् ।