आईपीएल–२०२१ को दोस्रो चरणको खेल अन्तरगत शुक्रबार चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हराएको छ । खेलमा बैंग्लुरुले जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा चेन्नईले उक्त लक्ष्य ११ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो । जीतसँगै महेन्द्र सिंह धोनीको टोली पुनः अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।लक्ष्य पछ्याउँदा चेन्नईलाई फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले राम्रो शुरुवात दिलाए । पहिलो विकेटका लागि ७१ रन जोडे । दुवैले क्रमशः ३१ र ३८ रनको योगदान दिए