यतीको माउन्टेन फ्लाइट पुनः सुचारु, यस्तो छ भाडादर

काठमाडौं । यती एयरलाइन्सको माउन्टेन फ्लाइट पुनः सुचारु हुने भएको छ । एयरलाइन्सले दोश्रो लकडाउन पछि रोकिएको माउन्टेन फ्लाइट असोज १० गतेदेखि पुनः सुचारु हुने भएको हो ।मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।प्रत्येक आइतबार एक उडान गर्ने गरि बुकिङ खुल्ला गरिएको पनि बर्तौलाले जनाए । प्रत्येक आइतबारका लागि एटीआर–७२ विमान मार्फत एउटा माउन्टेन फ्लाइट हुने तालि

सम्बन्धित सामग्री

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

उक्त उडानमा नेपालीका लागि १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ। हरेक दिन बिहान ६ः३० बजेदेखि थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ।...

बढ्यो हवाई भाडा, कहाँ कति बढ्यो भाडा ?

फागुन २१, काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादरमा फेरि वृद्धि गरेको छ। संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै शनिवार नयाँ भाडादर सार्वजनिक गरेको हो। संघले आइतवारदेखि लागू हुने गरी आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो। नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ३४० रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं - भद्रपुर ३०० रुपैयाँ, काठमाडौं - विराटनगर २४० रुपैयाँ, काठमाडौं - धनगढी ४४५ रुपैयाँसम्मले हवाई भाडा बढेको छ। नयाँ हवाई भाडादर आइतवारबाट लागू हुने संघले बताएको छ। निगमले यसअघि १२६ रुपैयाँबाट १३६ रुपैयाँ प्रतिलिटर हवाई इन्धनको  मूल्य बढाएको थियो।