ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताउनुभएको छ । शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्रस्थापन भएपछिको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय गरेको जानकारी दिनुभयो […]