गोरखा र संखुवासभामा पनि मनाइयो नेपाल संवत

गोरखा : गोरखाका नेवार समुदायले आज (मंगलवार) सांस्कृतिक झाँकी तथा र्‍यालीसहित नेपाल संवत् ११४४ विभिन्न कार्यक्रम गरी मनाएका छन्। नयाँ वर्षको रूपमा नेवाः देय् दवु जिल्ला कार्यसमिति गोरखाको आयोजनामा सदरमुकाममा नेवार समुदायको पोशाकमा सजिएर झाँकीसहितको र्‍याली गरेर नेपाल संवत् मनाइएको हो।गोरखा नगरपालिका–६ को रानीपोखरी परिसरबाट सुरु भएको र्‍याली ठूलो आँगन, पाटेचौर, गोरखा अस्पताल, धनबासे, कालिमाटी बजार हुँदै शक्तिचोक, पुरानो बसपार्कबाट पुनः रानीपोखरी परिसरमा पुगेर समापन भएको थियो