सल्यानमा व्यावसायिक कफीका बिरुवा उत्पादन सुरु

सल्यानमा व्यावसायिक रूपमा कफीका बिरुवा उत्पादन गर्न सुरु भएको छ । जिल्लामै पहिलोपटक ठूलो परिमाणमा कफीका बिरुवा उत्पादन सुरु गरेको शारदा नगरपालिका–१ श्रीनगरका बलबहादुर गिरीले अहिले करिब ५० हजार बिरुवा उत्पादन...

सम्बन्धित सामग्री

कफी खेतीमा सहयोग बढ्दै

इलाममा कफी खेतीबाट उत्पादन राम्रो हुन थालेपछि खेती विस्तारका लागि सरकारी निकायबाट पनि सहयोग उपलब्ध गराउन थालिएको छ । चिया तथा कफी विकास बोर्डले कफीका बिरुवा तयार पार्न र रोप्नका लागि किसानलाई सहयोग उपलब्ध गराउन थालेको हो । बोर्डले यो वर्ष दुई लाख बिरुवा उत्पादन गर्न र सामूहिक रूपमा ५० रोपनीभन्दा बढी क्षेत्रफलमा खेती विस्तार गर्न कार्यक्रम नै सुरु गरेको जनाएको छ । एउटा कृषक समूह अथवा सहकारीलाई कम्तीमा ५० हजार बिरुवा तयार गर्न लागत साझेदारीमा कार्यक्रम सुरु गरिएको बोर्डले जनाएको छ । देउमाई नगरपालिका–५ स्थित प्रगतिशील कफी उत्पादक सहकारी संस्था, इलाम नगरपालिका–११ स्थित जैमिन कृषि फार्म, सूर्योदय नगरपालिका–१४ स्थित सदाबहार कफी उत्पादक सहकारी संस्था, माईजोगमाई गाउँपालिका–६ स्थित यामसानी कृषि फार्मलाई दुई लाख बिरुवा उत्पादन गर्न जिम्मेवारी दिइएको सूर्योदय नगरपालिकामा रहेको बोर्डअन्तर्गतको चिया विस्तार आयोजनाका प्रमुख इन्द्र अधिकारीले बताउनुभयो ।