कफी खेतीमा सहयोग बढ्दै

इलाममा कफी खेतीबाट उत्पादन राम्रो हुन थालेपछि खेती विस्तारका लागि सरकारी निकायबाट पनि सहयोग उपलब्ध गराउन थालिएको छ । चिया तथा कफी विकास बोर्डले कफीका बिरुवा तयार पार्न र रोप्नका लागि किसानलाई सहयोग उपलब्ध गराउन थालेको हो । बोर्डले यो वर्ष दुई लाख बिरुवा उत्पादन गर्न र सामूहिक रूपमा ५० रोपनीभन्दा बढी क्षेत्रफलमा खेती विस्तार गर्न कार्यक्रम नै सुरु गरेको जनाएको छ । एउटा कृषक समूह अथवा सहकारीलाई कम्तीमा ५० हजार बिरुवा तयार गर्न लागत साझेदारीमा कार्यक्रम सुरु गरिएको बोर्डले जनाएको छ । देउमाई नगरपालिका–५ स्थित प्रगतिशील कफी उत्पादक सहकारी संस्था, इलाम नगरपालिका–११ स्थित जैमिन कृषि फार्म, सूर्योदय नगरपालिका–१४ स्थित सदाबहार कफी उत्पादक सहकारी संस्था, माईजोगमाई गाउँपालिका–६ स्थित यामसानी कृषि फार्मलाई दुई लाख बिरुवा उत्पादन गर्न जिम्मेवारी दिइएको सूर्योदय नगरपालिकामा रहेको बोर्डअन्तर्गतको चिया विस्तार आयोजनाका प्रमुख इन्द्र अधिकारीले बताउनुभयो ।

सम्बन्धित सामग्री

खानीखोलाका किसानलाई कफी खेतीमा अनुदान

२४ वैशाख, काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरूवातमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो । उक्त कार्यक्रमअन्तर्गत हाल कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गरिएको थियो । सबै […]

कफीको उत्पादन बढाउन कृषक पाठशाला सञ्चालन

गुल्मी – कफी खेतीको उद्गमस्थल गुल्मीमा पछिल्लो समय यहाँका किसान व्यावसायिक कफी खेतीमा लागेका छन् । किसानलाई कफी खेतीमा थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू सुरु गरिएको छ ।  यसै क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गुल्मीमा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषक पाठशाला सञ्चालन गरिएको छ । पाठशाला शिक्षाबाट किसानले आफूले रोपेको कफीका बोटहरूको निरीक्षण गर्दै रोगको पहिचान गर्न थालेका छन् । उनीहरू कफीको बगैँचामा पुगेर सामूहिकरूपमा कफीमा लागेका रोग र किराहरूको बारेमा छलफल गर्ने गर्दछन् । प्रधानमन्त्...

गुल्मीको कफी जापान र फ्रान्स निर्यात

रेसुङ्गा- गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद […]

कफी उत्पादन वृद्धिमा जोड

काठमाडौँ- विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । आज ‘व्यावसायिक कफी खेतीमा जोड–गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८औँं राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले नेपालको आर्थिक विकासका लागि कफी कोसेढुङ्गा हुने बताएका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको […]

नुवाकोटमा कफी दिवस मनाइँदै

‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ मुल नाराका साथ १८ औं राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो दिवस यसपटक नुवाकोटमा मनाउन लागिएको छ । प्रत्येक वर्षको मंसिर १ गते मनाउने कफी दिवस चुनावको आचारसहिंताका कारण तोकिएको समयमा मनाउन सकिएको थिएन । त्यही दिवसलाई मंसिर १६ गते मनाउन लागिएको राष्ट्रिय चिया कफी विकास बोर्डले जनाएको छ । विश्वभर लोकप्रिय पेय पदार्थको रुपमा रहेको कफीको इतिहास नेपालमा लगभग ८४ वर्ष पुरानो छ । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपा

चियाका लागि प्रख्यात इलाममा कफी खेतीको पनि उत्तिकै सम्भावना

इलाम । चिया उत्पादनमा नाम कमाएको इलाम जिल्लामा कफीको समेत उत्तिकै सम्भावना रहेको पाइएको छ । बजारको समस्या नभएपछि किसानहरु कफी खेतीमा आकर्षित भएका छन् । कफीको दाना विरुवा समेत राम्रो मुल्यमा विक्रि भएपछि पश्चिमी इलामको माङसेबुङका किसान कफी उत्पादनमा लागेका हुन् । जिल्लाको माङसेङ गाउँपालिका तोभाङ आसपासका करिब २ सय ५० परिवार कफी खेतीमा […]

कफी खेतीको पनि बिमा हुने

किसानले कफी खेतीको पनि बिमा गर्न पाउने भएका छन् । बिमा समितिले कृषि बिमा अन्र्तगत कफी खेती बिमालेख स्वीकृत गरेसँगै कफी खेतीमा हुने विभिन्न क्षतिको जोखिम व्यहोर्ने गरी बिमा गर्न सकिने भएको हो ।बिमांक रकमको ५ प्रतिशत प्रिमियम बुझाएर किसानले कफी खेतीको बिमा गर्न सक्नेछन् । यस बिमालेखमा कफीको उत्पादनमा थप ५ सय रुपैयाँ थपेर […]

कफी खेतीमा सम्भावना

आर्थिक विकासमा निकै पछाडि रहेको कर्णाली प्रदेशको आर्थिक रूपान्तरणका लागि कफीखेती निकै सम्भावनाको क्षेत्र देखिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उच्च सम्भावना देखेका क्षेत्रमा अहिले कफीको बेर्ना उपलब्ध गराउनुका साथै ठूलो परिमाणमा खेती गर्नेलाई अनुदान दिनेसमेत बताएको छ । कफीखेतीबाट कर्णालीको मात्र होइन, नेपालकै निर्यातमा सुधार ल्याउन सकिन्छ । कफीखेतीलाई प्रोत्साहन गर्न अनुदान दिनुका साथै बजारीकरणमा पनि ध्यान जानु आवश्यक छ । उखुजस्ता प्रतिस्पर्धा गर्न नसकिने वस्तुमा भन्दा सरकारले कफीजस्ता प्रतिस्पर्धी वस्तुमा अनुदान दिनु बढी उपयुक्त हुन्छ । नेपालको कफी विश्वमै विशेष मानिन्छ । चिसो हावापानी, पानी नजम्ने भिरालो जमीन तथा अन्य वातावरण तथा अग्र्यानिक भएका कारण यहाँको कफी विशेष मानिएको हो । तर, त्यसलाई ब्रान्डिङका रूपमा कफीका पारखीहरूका बीचमा पुर्‍याउन भने अझै सकिएको छैन । सबैभन्दा बढी कफी उत्पादन गर्ने ब्राजिलको कफीको मूल्य अन्तरराष्ट्रिय बजारमा प्रतिकेजी ३–५ डलरमा विक्री भइरहँदा ‘हिमालयन अर्ग्यानिक कफी’ नामले नेपाली कफी प्रतिकेजी १० देखि १५ डलरसम्म विक्री भइरहेको व्यवसायीहरूको भनाइ पाइन्छ । हुन पनि पछिल्लो विशेष कफीको मूल्य र माग निकै बढेको छ । नेस्क्याफे, बिन कफी पछि अहिले ब्लु कफी बटलको माग निकै बढी छ । यसलाई कफीको तेस्रो लहर भनिन्छ । यो अन्तरराष्ट्रिय बजारमा नेपाली कफी पुर्‍याउन सके निकै लाभ लिन सक्ने देखिन्छ । कफीको स्वादलाई मूल्यांकन गर्ने अन्तरराष्ट्रिय संस्था कफी रिभ्युले नेपालको कफीलाई चीन र भारतको कफीलाई भन्दा निकै बढी अंक दिएको छ । तर, पर्याप्त उत्पादन हुन नसक्दा मागअनुसार आपूर्ति हुन सकेको छैन । ‘एनलाइसिस अफ ह्याबिट्याट सुइट्याबिली अफ कफी इन नेपाल २०१८’ अनुसार ६२ जिल्लाको ११ लाख ९८ हजार ५३५ हेक्टर जमिन कफी खेतीयोग्य छ । बोर्डका अनुसार गतवर्षसम्म २ हजार ३६० हेक्टर जमीनमा मात्रै यसको खेती भएको छ । १९९० को दशकदेखि व्यावसायिक रूपमा खेती शुरू भए पनि पछिल्लो समयमा यसको उत्पादन भने घट्दो छ । धानभन्दा यसबाट २ दशमलव ३ गुण बढी र गहुँभन्दा चार गुणा बढी मुनाफा हुन्छ । तर, ५ वर्षअघि २ हजार ६१८ हेक्टरमा खेती भई ४३४ मेट उत्पादन भएकोमा गत आवमा २ हजार ३६० हेक्टर जमीनमा खेती भई २९६.५ मेट उत्पादन भएको छ । । २४ जिल्लाबाट ४३ ओटा जिल्लामा यसको खेती विस्तार भए पनि उत्पादकत्व भने बढ्न सकेको छैन । भारतमा प्रतिहेक्टर ९ सय किलोदेखि १ टनसम्म उत्पादन हुन्छ भने नेपालका राष्ट्रिय उत्पादकत्व प्रतिहेक्टर १८९ किलो रहेको छ । यद्यपि प्रतिहेक्टर १५ सय किलो उत्पादन लिन सकिने सम्भावना रहेको अध्ययनले देखाएको छ । कफीखेती र उत्पादन घट्नुमा युवाहरू वैदेशिक रोजगारीमा जानु, किसानहरूलाई सही तरीकाले खेती गर्न सिकाउन नसक्दा उनीहरू निरुत्साहित हुनु, कीरा र रोग लाग्ने समस्या आउनु आदि कारण रहेका छन् । कफी उत्पादन हुन ५ वर्ष लाग्ने, यसको उत्पादनका चरणहरू निकै भएको र प्रत्येक चरणमा विशेष ध्यान दिनुपर्ने भएकाले किसानहरू यसतर्फ आकर्षित हुन नसकेको देखिन्छ । मुख्य कुरा सानो क्षेत्रफलमा खेती गर्दा प्रशोधन आदि गर्न वा दाना विक्री गर्न समेत समस्या हुने तर जमीनको खण्डीकरण भई ठूलो क्षेत्रफल नहुँदा पनि कफीखेतीमा समस्या आएको बताइन्छ । यही कारण कतिपय किसानले कफी खेती बीचैमा छाडेको पनि पाइन्छ । प्राविधिक जनशक्तिको अभाव पनि यसमा अवरोध छ । यसको प्रचारका लागि अन्तरराष्ट्रिय कफी मेलाहरूमा सहभागी हुनुपर्ने देखिन्छ । रिभ्यु लेख्ने टेस्टरहरूलाई चखाउने घुमाउने गर्दा यसले राम्रो प्रचार पाउँछ । कफीखेतीबाट साना किसानहरू लाभान्वित भएका छन् । कफीले विपन्न वर्गका जीवनस्तर उकासेको विषय प्रचार गर्न सके कफीको बजार खोज्न सहज हुने देखिन्छ । यसलाई प्रोत्साहन गर्न अनुदान दिनुका साथै बजारीकरणमा पनि ध्यान जानु आवश्यक छ । उखुजस्ता प्रतिस्पर्धा गर्न कठिन वस्तुमा भन्दा सरकारले कफीजस्ता प्रतिस्पर्धी वस्तुमा अनुदान दिनु बढी उपयुक्त हुन्छ ।

कफी खेती गरेपछि घरखर्च चलाउन सजिलो

लमजुङ – झण्डै ७ वर्ष विद्यालयमा पढाउनुभयो । लामाे समय गैरसरकारी संस्थामा काम पनि गर्नुभयो । तर यी पेशामा त्यति धेरै रम्न सक्नुभएन तेजप्रसाद न्यौपाने, जति कृषिमा उहाँको मन लाग्यो  । सुन्दरबजार नगरपालिका–४, दुराडाँडा तेजप्रसाद न्यौपानेको मुख्य पेशा कृषि र पशुपालन हो । विशेष जोड कफी खेतीमा गर्नुभएको छ । विगतमा उहाँले घर नजिकैको जग्गामा धान, मकै लगायतका अन्नबाली लगाउँदै आउनुभएको थियो । तर कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने सम्भावना देखेर उहाँले अहिले धान लगाउने जग्गामा कफी खेती गर्नुभएको ...

कफीको बिरुवाले फेरिएको जिन्दगी !

लमजुङ – व्यावसायिक कफी उत्पादक किसान हुनुहुन्छ, लमजुङको दोर्दी गाउँपालिका १ को झघरेका मोहनसिंह गुरुङ । उहाँले गएको आठ वर्षदेखि व्यावसायिक कफी खेती गर्दै आउनुभएको छ ।  रहरै–रहरमा उहाँले एउटा कफीको बिरुवा ल्याएर घर नजिकैको जग्गामा सार्नुभयो । तीन वर्षपछि कफी फल्न थाल्यो । त्यसपछि उहाँको कफी खेतीमा ‘चाह’ बढ्दै गयो । ‘सुरुमा एउटा कफीको बेर्ना ल्याएर सारेको थिएँ । तीन वर्षपछि कफी फल्न थाल्यो’, उहाँले भन्नुभयो, ‘सुरुमा रहरैमा कफी लगाएँ । कफी राम्रो फल्न थालेपछि यसबाट राम्र...