पोखरा : गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका अर्का सांसदले पनि विपक्षी गठबन्धन छाडेका छन्। संसदीय दलका नेता कृष्णबहादुर थापा तटस्थ बसेका बेला सांसद खिमविक्रम शाही पनि तटस्थ बसेका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुखकहाँ मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेलगत्तै वित्तप्ति जारी गरेर शाहीले आफू तटस्थ…