तराईमा हुस्सु-कुहिरो र शितलहरले जनजीवन कष्टकर

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै पश्चिम र मध्य तराईका केही भू-भागहरूमा भने हुस्सु-कुहिरो र शितलहर लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने प्रदेश-१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली […]

सम्बन्धित सामग्री

शीतलहरसँगै चिसो बढ्दै

नेपालको तराई भेगमा भने यति बेला हुस्सु, कुहिरो, शीतलहरसँगै पानी पार्ने गरी बादल लागेपछि जनजीवन कष्टकर बनेको छ । यति खेर नेपालका अधिकांश भूभागमा बादल लागेको छ । पश्चिमी, मध्य भेगका केही स्थानमा वर्षा पनि भएको छ । कतिपय उच्च हिमाली भेगमा हिमपात भइरहेको छ । तराईमा भने हुस्सु, कुहिरो र शीतलहरको चिसोमाथि बदली थपिँदा त्यहाँको मौसम थप चिसो भएको छ ।

शीतलहरको कहर

पुस र माघ महिना तराई मधेशका जिल्लामा शीतलहरको कहरले जनजीवन कष्टकर बन्ने गरेको छ । यी दुई महिनामा शीतलहरसँगै चिसो बढ्छ । बिहानदेखि बेलुकासम्म एकैनासको बाक्लो हुस्सु (कुहिरो), पर्दा र पश्चिमी चिसो हावा चल्दा कठ्याङ्ग्रिने जाडो हुन्छ । चिसोले कठ्याङ्ग्रिएर कतिपयको ज्यान नै जाने गरेको पनि पाइएको छ । चिसोमा कठ्याङ्ग्रिएर चार जनाको ज्यान गइसकेको छ । मानिस मात्र होइन, घरपालुवा जनावरसमेत यसको असरमा परेका छन् ।