नेकपाका दुवै पक्षको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठक बालुवाटारमा जारी रहेको छ भने पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक ३ बजे बस्ने कार्यक्रम रहेको छ ।
ओली पक्षको बैठक बालुवाटारमा ११ बजेदेखि जारी रहेको हो ।
एकीकृत पार्टीमा ४५ जना स्थायी कमिटी सदस्य थिए । ओली पक्षमा जम्मा १५ जनामात्र सदस्य छन् ।
यता प्रचण्ड-नेपाल पक्षमा भने २८ भन्दा बढी स्थायी कमिटी सदस्य रहेका छन् ।