हिमाली क्षेत्रलाई बेलायतसहितको सहयोग

तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) को प्राविधिक सत्रमा यो कुरालाई अनुमोदन गरिएको छ । सम्मेलनको पहिलो सत्रमा राजनीतिक प्रतिबद्धता तथा घोषणा हुने गर्छन् । पहिलो सत्रमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले गरेका घोषणा तथा प्रतिबद्धतालाई कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा प्राविधिक रूपमा दोेस्रो सत्रमा छलफल, बहस तथा समझदारी हुने गर्छ । यही दोस्रो सत्रलाई प्राविधिक सत्र भन्ने गरिन्छ । कात्तिक १४ बाट सुरु भएको सम्मेलन कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित सामग्री

हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम

जलवायु परिवर्तनका कारण हिमाली जिल्लाको जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम आइरहेको छ भने समयमा हिउँ नपर्दाको प्रत्यक्ष घाटा सबै प्राणीलाई भएको छ । झण्डै ८० प्रतिशत भूभाग हिमाली क्षेत्र रहेको बझाङमा अहिले यस्तै अवस्था छ । खाद्यान्नबालीको चक्र गड्बडिएको छ, किसानहरु हिउँपर्ने आशामा बसिरहेका छन् । आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो । मडारिएको …

हिमाली क्षेत्र फरक, जीवनशैली समान

पोखरामा जारी आठौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका हुवाचेककी छोरी इर्मट्रडले हिमाली क्षेत्र फरक भए पनि जीवनशैली भने एकै प्रकारको हुने गरेको बताउनुभएको छ । हिमाली क्षेत्रको विषयमा आफूले खिचेको तस्बिरका बारेमा अनुभव साट्दै छोरी इर्मट्रडले हरेक देशका हिमाली क्षेत्रमा बस्ने नागरिकको जीवनशैली एउटै भएको अनुभव सुनाउनुभएको हो ।

चीनसँगका नाका नखुल्दा हिमाली क्षेत्र प्रभावित

दुई देशबीच अन्तर्राष्ट्रिय व्यापारका लागि तोकिएका ६ मध्ये तीन नाका खुला, स्थानीय नाका सबैजसो बन्द चीनसँगका स्थानीय नाका लामो समयदेखि ठप्प हुँदा हिमाली भेगका नागरिक मारमा परेका छन् । स्थानीयले आफ्ना उत्पादन...

अस्तव्यस्त छ हिमाली जनजीवन : ‘समयमा न हिउँ पर्छ न पानी’

हिमाली वातावरणमा देखिएको परिवर्तनको प्रत्यक्ष असर यस क्षेत्रमा बसोबास गर्ने मानिसको आर्थिक अवस्थामा परेको छ । भूगोल र मौसम दुवै कष्टसाध्य हुने हिमाली जीवन मौसममा आएको यो अप्रत्यासित परिवर्तनले झन् दुरुह बनेको छ ।

बझाङका १२ स्थानीय तहमा समृद्धि कार्यक्रम

बझाङ । बझाङका दुई नगरपालिका र १०  गाउँपालिकासहित १२ स्थानीय तहमा उच्च पहाडी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम सञ्चालन हुने भएको छ ।  उक्त क्षेत्रको आर्थिक र सामाजिक रूपमा पछाडि परेका वर्ग र समुदायलाई लक्षित गरी सरकारले उच्च पहाडी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम कार्यान्वयन गर्न लागेको हो । चालु आर्थिक वर्ष ०७८÷७९ देखि नै […]

उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा एनटीसीको अप्टिकल फाइबर लिंक जडान

नेपाल टेलिकमले उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक जडान गरेको छ । टेलिकमले सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवा गुणस्तर थप वृद्धि हुने भएको हो । मुलुकको अति दुर्गम स्थानमध्ये सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरूले अब दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका टेलिकमले दाबी गरेको छ ।समुद्री सतहबाट ३ हजार मिटर उचाइ्मा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो (२०७८ कात्तिक ११ गते) १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो । रेडियो लि

हिमाली क्षेत्र र विपद्का मुद्दा प्राथमिकताका साथ उठाउन सुझाव

जलवायु परिवर्तन विषयका ज्ञाताले नेपाको हिमाली क्षेत्र र जलवायुजन्य हानी-नोक्सानीका मुद्दालाई जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन् । उनीहरूले जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र तल्लो तटीय प्रणालीमा पारेको असरलगायत विषयलाई प्राथमिकताका साथ उठाउने गरी नेपालले तयारी थाल्नुपर्ने बताए । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित कोप–२६ …

हिमाली क्षेत्र हेलम्बुमा गाउँ नै कोरोना संक्रमित, स्थानीयमा त्रास

विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हिमाली क्षेत्र पनि अछुतो रहन सकेन। कोरोनाको दोस्रो लहर सुरुभएदेखि यसको चपेटामा हिमाली भेग पनि परेको छ।...

हिउँविहीन हिमाली क्षेत्र

सिन्धुपाल्चोकका उत्तरी हिमाली क्षेत्र हिउँबिनाको काला पत्थरमा परिणत हुन थालेका छन्। वर्षौंदेखि हेलम्बुको तार्केघ्याङ, मेलम्चीघ्याङ, तेजेनथाङ, कुटुम्साङ, घोप्टेघ्याङ, ठाडेपाटी, तार्तुङमा हिउँ पर्न छाडेको छ। उक्त पहाडहरूमा एकाएक हिउँ पर्न छाडेको हो। जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा ती क्षेत्रमा हिउँ जम्न छाडेको हो।