साना जहाज किन्दै नेपाल एयरलाइन्स

आन्तरिक उडानमा कमजोर उपस्थिति रहेको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले सुगम र दुर्गम उडानका लागि पाँचओटा साना जहाज किन्ने योजना अघि सारेको छ । दशकौंको इतिहास बोकेको निगमले सुगम (ट्रंक) रूटका लागि २ मझौला र दुर्गम (स्टल) उडानका लागि तीनओटा साना जहाज किन्ने योजना बनाएको छ । निगमले काठमाडौं र नेपालगञ्जलाई आधार बनाएर दुईओटा क्यानेडियन ट्वीनअटर जहाजबाट दुर्गमका गन्तव्यमा उडान गरिरहेको छ । सुगमका गन्तव्यमा निगमको उपस्थिति शून्य छ । निगमका प्रवक्ता रमेश पौडेलले आन्तरिकतर्फको उड़ान विस्तारका लागि सञ्चालक समितिको सुझावअनुसार थप जहाज किन्ने योजना अघि बढाइएको जानकारी दिए । आगामी आर्थिक वर्ष २०८०/८१ मा दुर्गम लक्षित तीनओटा ट्वीनअटर जहाज खरीद गर्ने लक्ष्य रहेको उनले बताए । निगम सञ्चालक समिति जहाज किन्न सहमत भए पनि योजना स्वीकृत हुन बाँकी छ । समितिले स्वीकृत गरेपछि जहाज किन्ने टेन्डर आह्वान गरिने पौडेलले बताए । प्रादेशिक (अन्तरप्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने दुईओटा मझौला जहाज किन्न व्यवस्थापनको उपसमितिले प्रतिवेदन पेश गरिसकेको छ । दुईओटा जहाज किन्न मंगलवार बसेको सञ्चालक समिति बैठकले निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीरसमशेर राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरी काम शुरू गरेको छ । शहरी क्षेत्रका विमानस्थलमा जहाज नभएका कारण निगमले व्यापारिक हिसावलेफाइदाजनक क्षेत्रमा उडान भने सकेको छैन । निगमले दुई जहाज किनेपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत शहरी क्षेत्रबाट प्रादेशिक उडान गर्ने योजना बनाएको छ । यी जहाज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी पारदर्शी रूपले किन्ने प्रवक्ता पौडेलले बताए ।

सम्बन्धित सामग्री

अर्बौको ऋणमा नेपाल एयरलाइन्स, कहिले र कसरी गर्ला चुक्ता ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अर्बौको घाटामा छ । पछिल्लो समय नेपाल एयरलाइन्सको आम्दानीमा केही सुधार भएपनि अर्बौको घाटा पूर्ति हुने अवस्था भने देखिएको छैन । नेपाल सरकारको जमानतमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको अर्बौ ऋण चुक्ता गर्न नेपाल वायु सेवा निगमले सकिरहेको छैन । निगमले चार वटा विमान खरीद गर्न […]

नेपाल एयरलाइन्स र एयर इन्डिया आकासमा झन्डै ठोक्किएको घटनाको दोशी को ?

काठमाडौं, चैत १३। मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिटमा […]

धमाधम उडान सुरु गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो। नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ। […]

उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नारितामा साताको दुई उडानको तयारी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि...

नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष

२६ पुस, काठमाडौं ।  नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताए । ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधिकारीले भने, ‘तर, कुर्सीमा बसेका कारण म जिम्मेवारी […]

नेपाल एयरलाइन्स अहिलेकै मोडलमा चल्न सक्दैन : अर्थ सचिव मरासिनी

२६ पुस, काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) अहिलेको मोडलमा चल्न नसक्ने बताएका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलमा अर्थ सचिव मरासिनीले वैकल्पिक मोडलमा नगएसम्म नेपाल वायुसेवा निगम ठीक ढंगले चल्न नसक्ने बताएका हुन् । ‘जतिसक्दो छिटो रिफर्म गरेर देखायोस्’ उनले भने । निगमसँग व्यवस्थापन […]

नेपाल एयरलाइन्स र विभिन्न अन्तरराष्ट्रिय वायु सेवा कम्पनीबीच सम्झाैता

काठमाडौं : नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तव्यमा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रुले उडान गर्न सक्ने भएका छन्।यस विषयमा नेपाल एयरलाइन्स र विभिन्न वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता भएको छ। यूरोपका विभिन्न शहर, अस्ट्रेलियाको सिड्नीदेखि दक्षिण कोरियाको सिओलसम्म यात्रा गर्न सकिने नेपाल एयरलाइन्सले विज्ञप्ति मार्फत जनाएको छ।सम्झौताअनुसार यूरोप, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा काठमाडौंबाट उडानको टिकट लिइन सकिने भएको छ।यसले निगमलाई थप आय हुने र अन्तरराष्ट्रिय ब

भ्रष्टाचारले चुर्लुम्मै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगमसँग करिब ५४ अर्ब रुपैयाँको सम्पति ५ । ठान्नुहोला, आहा १ कति धनी रहेछ । तर, त्यसलाई बेच्नु हो भने गोजीमा कति बच्ला रु जम्मा ७ अर्ब किनभने, यसको दायित्व भार (तिर्नुपर्ने) नै ४७ अर्ब रुपैयाँभन्दा बढी छ । २०७५ / ०७६ मा गरिएको तथ्यांकले गरिमामय राष्ट्रिय ध्वजावाहकको कहालीलाग्दो चित्र देखाउँछ […]

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न नेपाल एयरलाइन्स बुक

काठमाडौं- आफ्नो कम्पनीमार्फत अफगानिस्तानमा रोजगारी गर्न पुगेका नेपाली श्रमिकलाई उद्धार गर्न दुबईको एक कम्पनीले चार्टर्ड उडानका लागि नेपाल एयरलाइन्स बुक गरेको छ। दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर्ड उडानका लागि बुक गरेको नेपाल बायु सेवा निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेलले जानकारी दिए। तर उडान कहिले हुन्छ भन्नेबारे टुङ्गो हुन नसकेको पौडेलले बताए। युद्धग्रस्त ठाउँ भएकाले परराष्ट्र […]

नेपाल एयरलाइन्स : गैर जिम्मेवारीको अर्को नाम

दुर्गा पंगेनी- 'ह्या नेपाल एयरलाइन्स? हुन्न हुन्न। त्यही दिन कतार एयरलाइन्सको टिकटको मूल्य कति छ? चार सय मात्र महँगो? को उड्छ त्यो भर नै नभएको जहाजमा! कतार एयरलाइन्स कै टिकट काट्दिनु।' कार्यालयको आडैमा छ - ट्राभल एजेन्सी। त्यहाँ काम गर्ने टिकट एजेन्ट एक ग्राहक कुरा गर्दै थिए। म उनको नेपाल…