मधेश प्रदेशमा वैशाख ३० को निर्वाचन मान्दैनौँ : लोसपा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने जनाएको छ। मधेश प्रदेशमा २०७४ साल असोज २ गते निर्वाचन भएको भन्दै वैशाखमा चुनाव गर्दा जनप्रतिनिधिको संवैधानिक हक हनन हुने लोसपाको तर्क छ। पार्टीका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै निर्वाचित प्रतिनिधिको विना कारण एक दिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने भन्दै निर्वाचन आयोग र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन

सम्बन्धित सामग्री

मधेश सरकारमा सहभागी हुँदै लोसपा

काठमाडौं,११ जेठ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपाले प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रालय पाएको छ । उसले उक्त मन्त्रालयमा प्रदेशसभा सदस्य रमेश पट्टेललाई पठाउने भएको छ । केन्द्र सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा शरदसिंह भण्डारी सहभागी भएका छन् । मधेश […]

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाको दाबी

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तारको विषयमा शनिबार काठमाडौंमा भएको पाँच दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मुख्यमन्त्रीमा दाबी गरेको छ ।

लोसपा मधेश प्रदेश संसदीय दलको नेता चुनिए शर्मा

२७ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो । संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो । तर शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिएका छन् […]

लोसपा मधेश प्रदेशले आज संसदीय दलको नेता चयन गर्दै

काठमाडौँ–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा¬)ले मधेश प्रदेशको संसदीय दलको नेता शुक्रबार चयन गर्दैछ। जनकपुरधामस्थित एक होटलमा दिउँसो १२ बजे बस्ने बैठकमा छलफल गरेर नेता चयन गर्ने तयारी छ। बैठकबाट सकेसम्म सर्वसम्मत नेता चयन गर्ने र सहमति नभए निर्वाचन प्रक्रियामा जाने लोसपाले जनाएको छ। लोसपाका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनल दलको नेताका लागि सम्भावित नेता […]

लोसपा मधेश संसदीय दलको नेता चयन शुक्रबार

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशले संसदीय दलको नेता चयन गर्न शुक्रबार बैठक बोलाएको छ।जनकपुरधामस्थित होटेल सिटी स्टारमा भोलि बिहान साढे ११ बजे बस्ने संसदीय दलको बैठकबाट नेता चयन गरिने धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले बताए। उनका अनुसार बैठकबाट सकेसम्म सर्वसम्मत नेता चयन गर्ने, सहमति नभएमात्र निर्वाचन प्रक्रियामा जाने लोसपाको तयारी छ।लोसपाका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनल दलको नेताका लागि सम्भावित व्यक्ति हुन्। यसअघि पनि उनी नै

मधेश सरकारको जनकपुरधाम केन्द्रित आन्दोलन औचित्यहीन : लोसपा

२९ साउन, जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले औचित्यहीन बताएको छ । लोसपाले प्रहरी समायोजन कार्यान्वयनको जिम्मा बोकेका नेपाल सरकारलाई जनकपुरधाममा धर्ना बसेर दबाव दिन नसकिने बताएको छ । लोसपाका संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनल सर्वसम्मतले प्रहरी समायोजन विधेयक […]

राष्ट्रियसभा चुनाव : मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ।नेकपा एमाले र लोसपाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेको जानकारी दिएका हुन्।दुवै दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ।नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको दाबी गरे।उनले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागे

मधेश प्रदेशमा एमाले लोसपा गठबन्धन

जनकपुरधाम । आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । बिहीबार जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी एमाले र लोसपाले चुनावी गठबन्धन घोषणा गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेश अध्यक्ष जितेन्द्र सोनल र नेकपा एमालेको तर्फबाट प्रदेश अध्यक्ष […] The post मधेश प्रदेशमा एमाले लोसपा गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

जसपा र लोसपा ‘मधेश’ का लागि एक ठाउँमा

काठमाडौं, ३ माघ । विभाजित भएर बनेका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पहिलोपटक एउटा मुद्दामा एक भए । प्रदेशको नामको विषयमा दुवै दल एक भई प्रदेशसभा बैठकमा मतदान गरे । यही मतका कारण आज प्रदेशसभा बनेको ४ वर्षपछि प्रदेश २ को नामाकरण भएको छ । प्रदेश २ को नाम मधेश प्रस्ताव गरिएपछि पक्षमा […]