काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अल्पविकसित देशहरू (एलडिसी)का पक्षमा न्यायपूर्ण र समावेशी वैश्विक वित्तीय संरचना निर्माण गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले एलडिसी समूहको तर्फबाट सम्बोधन गर्दै भने, “म एलडिसी समूहको तर्फबाट यो ऐतिहासिक सम्मेलनमा बोल्न पाउँदा गर्व महसुस गरिरहेको छु।” […]