पाँच निर्माण कम्पनी कालोसूचीमा, बराहा डेभलपर्सलाई तीन वर्ष रोक

सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले असोज २५ गतेको निर्णयअनुसार मंगलबार सूचना प्रकाशित गर्दै कारबाहीको जानकारी दिएको हो। अछामको कमलबजार नगरपालिकाको सिफारिसमा धनगढीस्थित बराहा डेभलपर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। साविक राजेन्द्र निर्माण सेवा प्रालि रहेको उक्त कम्पनीको मुख्य व्यक्तिमा भीमबहादुर साउँद उल्लेख छन्। अन्य चार […]