खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक ‘मुन्दुम ट्रेल’ यतिबेला ढकमक्क फुलेका गुराँसले राताम्मे बनेको छ। खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सिमानामा पर्ने यो पदमार्गमा थरिथरिका गुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। खोटाङको साकेला गाउँपालिका–३ तावाभञ्ज्याङबाट सुरु हुने यो पदमार्गमा रातो, सेतो र गुलाबी रङका गुराँसका साथै चिमाल […]