एनआरएनए र नेपाली दूतावासको सहकार्यमा 'द प्लग' कार्यक्रम सम्पन्न, बेलायतका नेपाली विद्यार्थीलाई थप सहयोगको प्रतिबद्धता

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे खुला संवाद गर्ने उ‌द्देश्यले गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा शुक्रबार 'द प्लग' शीर्षकको एक महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्‍यो ।