प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनलाई सर्वोच्च अदालतले साधारण तारिखमा राख्दै २२ फागुनका लागि पेसी तोकेको छ। २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुन लागेको अवस्थामा रिटको तारिख निर्वाचनको भोलिपल्ट तोकिएको हो। अधिवक्ता प्रेमराज सिलवालका अनुसार मुद्दाको केही अंग नपुगेकाले तत्काल पेसी तोकिएको छैन। संसद् विघटनविरुद्ध परेका १६ रिटमाथि संवैधानिक इजलासले १२ कात्तिकमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक सात […]