विवाहको १६ वर्षपछि २०६४ सालमा काठमाडौँकी ज्ञानुलक्ष्मी श्रेष्ठले पति लालकाजी श्रेष्ठविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अंशसहितको सम्बन्धविच्छेद मुद्दा हालिन्। तीन वर्षपछि ५ पुस २०६७ मा अदालतले सम्बन्धविच्छेद हुने र अंशको चार भाग लाग्ने गरी फैसला गर्यो। तर, जिल्लाको फैसला चित्त नबुझेपछि लालकाजी बदरको माग गर्दै उच्च अदालत पाटन पुगे। २०६८ सालमा उच्च अदालतले जिल्लाकै फैसला सदर […]